Latest
देशको अवस्था बदल्नुपर्छः प्रधानमन्त्री ओली
महानगर आफैँ डुबानमा
Next
Prev

प्रदेशलाई तारो बनाएर गणतन्त्रमाथि प्रहार भइरहेको छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेशलाई लक्ष्य बनाएर लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार भइरहेको बताउनुभएको छ ।


शुक्रवार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अन्तरप्रदेश व्यवस्थापिका मञ्चका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्रीले यस्तो बताउनुभएको हो । उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र वा संविधान सभाबाट निर्मित संविधानलाई कमजोर पार्न चाहने प्रवृत्तिहरु प्रदेशलाई तारो बनाएर, प्रदेश चाहिँदैन भन्ने भ्रम जनातामा छरेर संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार गरिहरेको बताएनु भयो । उहाँले सबैको प्रयास सकेसम्म प्रदेश, स्थानीय तहलाई बलियो बनाएर सबै ठिक छ भन्ने प्रमाणित गर्नुपर्नेमा रहनुपर्ने बताउनु भयो । उहाँले अहिलेको राजनीतिमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ सुदृढ बलियो बनाउने, विद्यमान संविधानलाई अझै परिमार्जन, परिष्कृत, गर्दै अघि जाने पक्षमा एउटा र अर्को प्रवृत्ति संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने र पछाडितिर लैजानेमा उद्धत रहेको बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘अहिलेको राजनीतिक सन्दर्भमा दुई वटा प्रवृत्तिहरु एउटा त संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ सुदृढ गरेर लैजाने, विद्यमान संविधानलाई अझै परिमार्जन, परिष्कृत, गर्दै अघि जाने भन्ने एउटा ट्रेन छ । राजनीतिक प्रवृत्ति छ । अर्को ट्रेन यो संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने र पछाडितिर लैजाने, इतिहासलाई, राजनीतिक घटनाक्रमलाई पछाडितिर धकेल्ने अर्को ट्रेन छ । यो दुई वटा प्रवृत्तिको बीचमा कहिले खुला खालले बहस हुन्छ र कहिले विभिन्न रुपमा चलिरहेको छ । त्यसमध्येको जसले यो संघीय लोकतान्त्रिक गणतन्त्र वा संविधान सभाबाट निर्मित संविधानलाई कमजोर पार्न चाहन्छ, उनीहरुको आक्रमणको तारो प्रदेश भएको छ । तारो, कहाँबाट शुरु गर्ने भन्दा प्रदेशलाई डिफेम गरेर प्रदेशलाई कमजोर पारेर, प्रदेशको आवश्यकता छैन, बेकार खर्च मात्रै भन्नेखालको जनताका कन्फ्युजन क्रिएट गरेर संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार भएको छ । हाम्रो कोशिस सकेसम्म प्रदेशलाई बलियो बनाएर स्थानीय तहलाई बलियो बनाएर र यो सिस्टम, यो कन्स्ट्रिच्युसन र यो सबै प्रक्रिया ठिक छ भनेर पुष्टि गर्ने हाम्रो जोड छ । यि दुई धारमा पेचिलो नै संघर्ष चलिरहेको छ ।’


प्रधानमन्त्री दाहालले सङ्घीय निजामती ऐन र प्रहरी समायोजनको काम छिटो निष्कर्षमा पु¥याउन आफूले पहल गरिरहेको पनि बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist