Latest
देशको अवस्था बदल्नुपर्छः प्रधानमन्त्री ओली
महानगर आफैँ डुबानमा
Next
Prev

श्रीमतीको हत्या गरी फरार भएका नेपाली आर्मीका जवान पक्राउ

दाङमा श्रीमतीको हत्या गरी फरार भएका नेपाली सेनाका जवानलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ गरेका छ।

गत शनिबार बिहान ८ बजे दाङको तुलसीपुर उपमहानगरपालिका–६ स्थित आफ्नो कोठामै श्रीमतीको हत्या गरी सेनाका जवान ३६ वर्षीय शालिकराम बुढाथोकी फरार भएका थिए।

उनलाई तुलसीपुरबाटै पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। उनले खुकुरी प्रहार गरी आफ्नी श्रीमती २७ वर्षीया टीका बुढाथोकीको हत्या गरेका थिए।

प्रहरीका अनुसार बुढाथोकीले श्रीमतीको हत्या गरेको स्वीकार गरिसकेका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist