Latest
देशको अवस्था बदल्नुपर्छः प्रधानमन्त्री ओली
महानगर आफैँ डुबानमा
Next
Prev

विश्व वातावरण दिवसको चित्रकला प्रतियोगितामा रबिना प्रथम

पोखरा,

“पृथ्वीको लागि कला ः रचनात्मकता मार्फत प्रेरणादायक परिवर्तन” भन्ने मुख्य उदेश्यका साथ धौलागिरी विद्यार्थी समाज पोखरा विश्वविद्यालयद्वारा चित्रकला प्रतियोगिता तथा प्रदर्शनी बुधबारका सम्पन्न भयो ।
विश्व वातावरण दिवसको अवसरमा आयोजना भएको चित्रकला प्रतियोगितामा रबिना बस्नेत प्रथम हुनुभएको छ ।


यस्तै प्रतियोगितामा द्वितीय सिम्रन परियार, तृतीय विभुती पौडेल  र सान्तोना दिपक काउचा हुनुभएको थियो ।
प्रतियोगितामा १९ टिमको सहभागिता रहेको प्रतियगिता तथा प्रदर्शनी पोखरा विश्वविद्यालय प्राङ्गणमा भएको थियो ।
गण्डकी प्रदेश सभा सदस्य दोर्ण कुमार कुँवर चित्रकलाले नेपालमा मात्रै नभई विदेशमा पनि चिनाउने कार्य गरेको बताउदैं चित्रकला प्रतियोगिता तथा प्रदर्शनी गर्ने कार्यलाई प्रशंसा गर्दै आगामि दिनको कार्यक्रमको शुभकामना दिनुभयो ।
यस्तै विश्वकला यात्री प्राज्ञ नगेन सिहले ललितकलाले देश विकासको मेरुदण्ड भएको बताउदैं कलाको विकासविना देशको विकास सम्भव नहुने बताउनुभयो ।
कार्यक्रमको प्रमुख निर्णायकमा विश्वकला यात्री प्राज्ञ नगेन सिंह ठकुरी “राङ्खखानी” रहनु भएको थियो ।
धौलागिरी विद्यार्थी समाज पोखरा विश्वविद्यालयका अध्यक्ष विकास जङ्ग कुँवरले चित्रकला प्रतियोगिता खुला विषयवस्तुमा रहेको र सहभागी सबैको कलालाई बजारमा नगेन आट्र्स मार्फत ल्याइने जनाउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist