दक्षिण अफ्रिकाको सत्तारुढ अफ्रिकी नेसनल कंग्रेस (एएनसी) का नेता सिरिल रामाफोसालाई आगामी पाँच वर्षका लागि राष्ट्रिय सभाले शुक्रवार पुनः राष्ट्रपतिमा निर्वाचित गरेको छ । राष्ट्रिय सभाको पहिलो बैठकको अध्यक्षता गर्ने प्रधानन्यायाधीश रेमन्ड जोन्डोले रामाफोसाले राष्ट्रपति चुनाव जित्न २८३ मत प्राप्त गर्नुभयो । अर्का उम्मेदवार आर्थिक स्वतन्त्रता लडाकुका जुलियस मालेमाले ४४ मत प्राप्त गर्नुभयो ।
राष्ट्रको सेवा गर्न पाउनु फेरि एक सुअवसर र खुशीको कुरा भएको राष्ट्रपतिले बताउनु भयो ।