Latest
हिसान कास्कीमा दिवाकर जैसीको नेतृत्व
भद्रकालीमा विश्वकर्मा पूजा गर्नेहरुको भीड
Next
Prev

लागुऔषध दुव्र्यसनीको विकराल अवस्थालाई रोक्न सबै एक हुनुपर्छः मन्त्री श्रेष्ठ

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले लागुऔषध दुव्र्यसनीको विकराल अवस्थालाई रोक्न सबै एक हुनुपर्ने बताउनुभएको छ ।


बुधवार लागुऔषध ओसारपसार बिद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले लागुऔषध दुव्र्यसनी न्युनिकरण र रोकथामका विषयहरुमा सरकार, राजनीतिक दल, सम्बन्धित संघसंसथा, समाज एक हुनुपर्ने बताउनु भयो । लागुऔषध दुव्र्यसनी नेपालमा विकराल भएको भन्दै उहाँले अहिले मसिना कुरामा राजनीति गरेर अड्केर बस्ने समय नरहेको बताउनु भयो । उहाँले सीमा क्षेत्रमा मात्र नभइ जुम्ला लगायतका हिमाली जिल्लाहरुमा समेत लागुऔषधको दुव्र्यसनी विकराल बनेको बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘म यही मञ्चबाट सबै राजनीतिक दलहरु, प्रतिपक्षदेखि लिएर सबैलाई के अनुरोध गर्दछु भने यस्ता लागुऔषध दुव्र्यसनी न्युनिकरण र रोकथामका विषयहरुमा हामी सबै एक ठाउँमा उभिनुपर्छ । अरु झिना मसिना कुरामा राजनीति गरेर अड्केर बस्ने समय होइन । लागुपदार्थको दुव्र्यसनीले समाजमा कत्तिको समस्या भइरहेको छ, भन्नेकुरा अध्ययन, अनुसन्धानबाटै थाहा भइसकेको छ । बोर्डर एरियामा मात्रै भन्ने ठानेको थिएँ, जुम्लामा पनि लागुऔषधको विकराल अवस्था भइसकेको रहेछ । यो राष्ट्रिय रोग हो । यस्ता राष्ट्रिय रोग र बेथिति हाम्रा मुद्दा हुन् । हामी एक भएर लड्नुपर्छ । यस्ता विषय राजनीतिक मुद्दा बनोस् ।’


मन्त्री श्रेष्ठले लागुऔषध दुव्र्यसनी राष्ट्रिय रोग बनेको भन्दै सबै मिलेर लड्न आवश्यक रहेको बताउनु भयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist