• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखरा-४, स्थानीय सरकार संचालन ऐन २०७४ विपरीत वडा सदस्य कार्यबाहक अध्यक्षको जिम्मेवारी

नीतिप्रेस by नीतिप्रेस
November 28, 2024
in agriculture, Uncategorized, अन्य, गण्डकी प्रदेश, घटना, जीवनशैली, धर्म/संस्कृति, नेपाली समाचार आजको, विविध, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कास्की,

पोखरा महानगरपालिका वडा नम्बर ४ मा स्थानीय सरकार संचालन ऐन २०७४ विपरीत वडा सदस्यले कार्यबाहक अध्यक्षको जिम्मेवारी बहन गरेको भेटिएको छ।  

नीतिप्रेस डट कमका  प्रतिनिधि सोमबार दिउसो पोखरा महानगरपालिका वडा नम्बर ४ को कार्यालयमा पुग्दा वडा सदस्य बिष्णु माया परियारले स्थानीय सरकार संचालन ऐन २०७४ विपरीत कार्यबाहक अध्यक्षको जिम्मेवारी बहन गरेको भेटिएको हो ।  

स्थानीय सरकार संचालन ऐन २०७४ ले वडाध्यक्ष कुनै काम बिशेषले बाहिर गएमा उनले चाहेको वडा सदस्यलाई लिखित रुपमा कार्यबाहक पद दिन सक्छन।  त्यसको बोधार्थ भने सम्बन्धित पालिकाको कार्यालय ,  सम्बन्धित जिल्लाको जिल्ला प्रशासन कार्यालय र मालपोत कार्यालयमा दिनु पर्छ। तर वडासदस्य बिष्णु माया परियारले कार्यबाहक अध्यक्षको जिम्मेवारी पाएको पत्र नलिई दुई दिनदेखि भटाभट कार्यबाहक अध्यक्षको हैसियतले सहिछाप गरिरहेको भेटिइन्।  

नीतिप्रेस डट कमका प्रतिनिधिले तपाइसंग कार्यबाहक अध्यक्षको जिम्मेवारी पाएको पत्र छ कि छैन भनेर सोध्दा भने उनी अकमक्कीइन।  उनले आफ्नो कार्यवाहकको पत्र कहिले कर्मचारीसँग भएको त, कहिले घर भएको अनि कहिले कार्यवाहकको पत्र नै नभएको भनेर आफ्नो जवाफ फेर्दै गइन्। अन्त्यमा भने उनले आफुलाई वडाध्यक्ष देबकृष्ण पराजुलीले मौखिक रुपमा कार्यबाहक अध्यक्ष्को रुपमा काम गर्न भनेको र वडा सचिवले वडाध्यक्षको आदेश बमोजिम वडा सचिवले पत्र नबनाईदिएको गुनासो गरिन्। 

वडा सदस्य परियारले कागज बिना सहिछाप गरेको बारे नीतिप्रेस डट कमले प्रश्न गरेपछि मंगलबार दिउसो वडा कार्यालय पुगेका वडाध्यक्ष देबकृष्ण पराजुलीले आफू पोखरा महानगरको बिसेषनगरसभा सम्बन्धि बैठकका कारण कार्यालयमा उपस्थित हुन् नसकेको बताए। कार्यबाहक पत्र नपाए पनि दुई दिनदेखि जनताको कागजपत्रमा वडा सस्य परियारले सहिछाप गरिरहेकी थिइन्।  दोश्रो दिन कार्यालयमा पुगेका वडाध्यक्ष पराजुलीले काज दिएको पत्र माग्ने तपाइँ को हो भनेर नीतिप्रेस डट कमका प्रतिनिधिलाई धम्क्याए।  उनले कसको आदेशले वडा कार्यालयको भिडियो खिचेको भनेर प्रश्न गरे भने सुचनाको हक सम्बन्धि ऐन अन्तरगत निबेदन दिए पछि मात्र आफ़ुल्वे ऐन अनुसार ७२ घण्टा पछि सुचना दिने बताए। 

पोखरा महानगरपालिकाका मेयर धनराज आचर्य पोखरा ४ का वडाध्यक्ष देबकृष्ण पराजुलीले वडा सदस्यलाई दिएको बारे महानगरमा कुनै जानकारी नभएको बताए।  उनले वडा सदस्यलाई कार्यबाहक दिंदा लिखित रुपमै कार्यबाहक दिनुपर्ने स्थानीय सरकार संचालन ऐनमा स्पष्ट ब्यबस्था रहेको स्मस्रण गराउदै वडा नम्बर ४ मा के भएको हो भन्ने बारेमा आबश्यक सोधखोज गरिने जानकारी दिए।  

अनधिकृत व्यक्तिले सहिछाप गरेर प्रमाणित गरिएका डकुमेन्टमा प्रश्न उठेमा त्यसको जवाफदेहिता कसको रहने हो ? दुइ – दुई दिनसम्म पनि कार्यबाहकको जिम्मेवारी भएव्को पत्र वडा सदस्यलाई नदिएर वडाधय्क्ष पराजुलीले के गर्न खोजेका हुन्।  स्थानीय प्रशासन र महानगरपालिकाले के कस्तो कारबाही गर्छ हामी उजागर गर्ने नै  छौं। 

Previous Post

मदनभण्डारी स्पोर्ट्स एकेडेमीले १८ खेलको राष्ट्रिय प्रतियोगिता गर्दै

Next Post

१३ औं पोखरा महोत्सव पुष २५ देखि आयोजना हुने, विभिन्न ३० उपसमिति गठन

Next Post

१३ औं पोखरा महोत्सव पुष २५ देखि आयोजना हुने, विभिन्न ३० उपसमिति गठन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन