• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

मदनभण्डारी स्पोर्ट्स एकेडेमीले १८ खेलको राष्ट्रिय प्रतियोगिता गर्दै

नीतिप्रेस by नीतिप्रेस
November 28, 2024
in खेलकुद समाचार, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

मदन भण्डारी स्पोटर््स एकेडेमीले विभिन्न १८ खेलको राष्ट्रयव्यापी प्रतियोगिताका साथै प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ ।
मदन भण्डारी स्पोटर््स एकेडेमीले बिहीवार पत्रकार सम्मेलन आयोजना गर्दै आफ्नो राष्ट्रव्यापी खेल प्रतियोगिता सार्वजनिक गरेको हो । खेल पर्यटनलाई विकास गर्न मात्र देशको अर्थतन्त्र उकालो लाग्ने विश्वास लिँदै खेल प्रतियोगिता आयोजनामा ध्यान दिइएको मदन भण्डारी स्पोटर््स एकेडेमीले जनाएको छ । एकेडेमीले भलिबल, फुटसल, तेक्वान्दो, टेबल टेनिस, बास्केटबल, फुटबल, फुल कन्ट्याक्ट, कराते, रेस्लिङ, ब्याडमिन्टन, क्रिकेट, शारीरिक सुगठन, रोड रेस, चेस, आर्चरी, कबड्डी, छेलो र हक्की खेलको राष्ट्रिय प्रतियोगिता गर्ने भएको छ ।
यी खेल आयोजनामध्ये एकेडेमीले तेक्वान्दो, फुलकन्ट्याक्ट, कराते, रेस्लिङ, शारीरिक सुगठन, चेस र हक्कीमा महिलाको प्रतिस्पर्धा गर्ने जनाएको छ । रोड रेसमा यु–२० र यु–१६ उमेरसमूहमा प्रतिष्पर्धा हुने भएको छ । क्रिकेटको प्रतियोगिता भने केपी ओलीबाट गर्ने एकेडेमीले उल्लेख ग¥यो । पोखरा वा काठमाडौंमा चैत २५ गतेदेखि आगामी वर्षको वैशाख ३ गतेसम्म केपी ओली कप राष्ट्रिय पुष क्रिकेट हुने भएको छ । यस प्रतियोगिताको विजेताले १० लाख, उपविजेताले पाँच लाख र सेमिफाइनलिस्टले समान दुई लाख पाउनेछन् । बेस्ट प्लेयरले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । 
सबैभन्दा पहिला पुरुष भलिबलबाट एकेडेमीले तय गरेको राष्ट्रव्यापी प्रतियोगिता शुरु हुनेछ । एकेडेमीको १६ औं स्थापना दिवसको अवसरमा मदन भण्डारी कप इण्डो नेपाल पुरुष भलिबल प्रतियोगिता हुने भएको हो । उक्त प्रतियोगिता बुटवलमा आगामी पुस १७ देखि २४ गतेसम्म आयोजना हुने तय छ । यस प्रतियोगिताको विजेताले सात लाख ५० हजार, उपविजेताले तीन लाख ५० हजार, तेस्रो हुने टोलीले एक लाख ५० हजार र सान्त्वना हुने टोलीले एक लाख रुपैयाँ पाउनेछन् । बेस्ट प्लेयरले भने २५ हजार रुपैयाँ प्राप्त गर्नेछ । 
भारतको रेलवे टोलीले भलिबलमा प्रतिष्पर्धा गर्ने एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिए । साथै एकेडेमीले साथै प्रदेशमा ३२औं मदनभण्डारी स्मृति खेलाडी, अफिसियल तथा खेल सम्बन्ध व्यक्तित्वहरूमा तालिम, प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने उल्लेख गरेको छ । यी कार्यक्रम आयोजना गर्न करिव १० करोड ६६ लाख ९७ हजार ७७४ रुपैयाँ अनुमानित लागत लाग्ने आयोजकले जनाएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले दुई करोड रुपैयाँ प्रदान गर्ने भएको छ । 
मदन भण्डारी स्पोटर््स एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले सम्बन्धित खेल संघसँग प्राविधिक सहयोग र सहकार्य गरेर प्रतियोगिता आयोजना गर्ने उल्लेख गरेको छ । उनले सात प्रदेशमा खेल प्रतियोगिता हुने र ती प्रतिष्पर्धामा स्थानीय निकायका साथै कर्पोरेट क्षेत्रलाई पनि सहभागी गराउने बताए । 


निर्धारित समयभित्र नै खेल प्रतियोगिता आयोजना हुने आयोजकको विश्वास छ । यसअघि १२ विधा खेल आयोजना गरेको थियो । एकेडेमीले यसपल्ट बढाएर १८ खेल विधाको प्रतियोगिता, समान एक प्रशिक्षण र सामाजिक कार्यक्रम समावेश गरेको छ ।

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

चितुवाको गतिमा अर्थतन्त्रको सुधार हुनुपर्छः चेम्बर अध्यक्ष अग्रवाल

Next Post

पोखरा-४, स्थानीय सरकार संचालन ऐन २०७४ विपरीत वडा सदस्य कार्यबाहक अध्यक्षको जिम्मेवारी

Next Post

पोखरा-४, स्थानीय सरकार संचालन ऐन २०७४ विपरीत वडा सदस्य कार्यबाहक अध्यक्षको जिम्मेवारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन