• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

अनुसूचि २ मा रहेका ९ सहकारीको कागजात माग गर्ने संसदीय छानबिन समितिको निर्णय

नीतिप्रेस by नीतिप्रेस
June 27, 2024
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]


गोर्खा मिडिया नेटवक प्रा.लि.मा प्रवाहित रकमबारे संसदीइ समितिको चासो
सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले अनुसूचि २ मा रहेका ९ वटा सहकारी संस्थाका कागजात माग गर्ने निर्णय गरेको छ ।


मंगलवार सिंहदरबारमा बसेको सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले अनुसूचि २ मा रहेका ९ वटा सहकारी संस्थाहरुको कागजात माग गर्ने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै समितिका सभापति सूर्यबहादुर थापाले अनुसूचि २ म रहेका आईडियल यमुना बहुउद्देश्यी संस्था, ईमेज वचत तथा ऋण सहकारी संस्था लि. सहारा वचत तथा ऋण सहकारी, समानता वचत तथा ऋण सहकारी, सानो पाइला वचत तथा ऋण सहकारी, सुप्रिम वचत तथा ऋण सहकारी, सूर्यदर्शन वचत तथा ऋण सहकारी, सुमेरू वचत तथा ऋण सहकारी र स्वर्णलक्ष्मी वचत तथा ऋण सहकारी संस्थाहरुको कागजात माग गरिएको बताउनु भयो । उहाँले समितिले ति सहकारीहरुको पछिल्लो साधारण सभाको प्रतिवेदन विवरण, लेखा परीक्षण प्रतिवेदन, सञ्चालक समितिको विवरण, लेखा सुपरीवेक्षण समिति र त्यसको  प्रतिवेदन, अन्य आवश्यक वित्तीय विवरणहरु माग गरेको बताउनु भयो । त्यस्तै समितिले विभिन्न सहकारीमार्फत गोर्खा मिडिया नेटवर्कमा रकम प्रवाह भएको रकमको स्थिति समेत ६ वटा बुँदासहित ९ वटा सहकारीहरुको कागजात माग गर्ने निर्णय गरेको बताउनु भयो । गोर्खा मिडिया नेटवक प्रा.लि.मा विभिन्न सहकारीबाट प्रवाह भएको रकमका सन्दर्भमा समितिको चासो केन्द्रित भएको बताउनु भयो । कार्यादेशमा उल्लेख भएअनुसार समितिले काम अघि बढाइरहेको बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘बैठकमा सहकारी क्षेत्रका दुई जना विख्यात व्यक्तित्वहरु जसले २०४६ सालपछि सहकारीको विकास, कानूनी प्रवन्ध, संरचनागत प्रवन्ध र समग्र विकासमा योगदान गर्नुभएको छ । पूर्वमन्त्री, सहकारी विकास बोर्डका तत्कालीन अध्यक्ष दीपकप्रकाश बाँस्कोटा र पूर्वमन्त्री सहकारी महासंघका पूर्वअध्यक्ष केशवप्रसाद बडालज्युलाई हामीले आमन्त्रित गरेका थियौँ । उहाँहरुले अन्तर्राष्ट्रिय रुपमा र समग्रतामा यसमा सहकारीको उद्भव, विकास र समग्र स्थितिको परिचर्चा गर्दै सहकारीमा देखापरेका समस्याको समाधानका बारेमा गहन छलफल भयो । उहाँहरुले सल्लाह, सुझाव दिनुभयो । उहाँहरुले सहकारी भित्र आज देखापरेको समस्या ३० हजार  हाराहारी सहकारीहरुमध्ये करिव ५ सय सहकारीको समस्या हो । यो  जम्माजम्मी एक प्रतिशत भन्दा कमको समस्या हो भन्नेकुरामा आफ्ना धारणा राख्नुभयो । सहकारी क्षेत्रमा सहकारीको सिद्धान्त, मूल्य मान्यता र पद्धतिअनुसार सञ्चालन भएका सहकारीहरुमा समस्या छैन । सहकारीको ब्यानरमा, सहकारीको नाममा, सहकारीको कानूनबाट वचत र ऋण सहकारीको जुन सञ्चालन गर्नेगरी आउनु भयो । कानूनको कतिपय सन्दर्भमा उल्लंघन गरेर अनुगमन, नियमन नहुँदा त्यसको फाइदा उठाएर जे जसरी काम भएका छन्, त्यस सन्दर्भमा महत्वपूर्ण स्थिति अवगत गराउनु भयो । ओरियन्टल सहकारीदेखि पछि देखापरेका तमाम समस्यका सन्दर्भमा र अहिले हामीले छानबिन गरेका अनुसूचि १ र २ का जम्मा २९ सहकारी लगायतका बारेमा पनि उहाँहरुले चर्चा गर्नुभयो । उहाँहरुका सुझाव महत्वपूर्ण र फलदायी भएका छन् । बैठकबाट हामीले अनुसूचि २ मा रहेका ९ वटा सहकारी संस्थाहरुका सन्दर्भमा हामीले सम्बन्धित निकायहरुबाट कागजात माग गर्ने निर्णय गरेका छाँै । ति सहकारीहरुको पछिल्लो साधारण सभाको प्रतिवेदन विवरण, लेखा परीक्षण प्रतिवेदन, सञ्चालक समितिको विवरण, लेखा सुपरीवेक्षण समिति र त्यसको  प्रतिवेदन, अन्य आवश्यक वित्तीय विवरणहरु र विभिन्न सहकारीमार्फत गोर्खा मिडिया नेटवर्कमा रकम प्रवाह भएको रकमको स्थिति समेत हामीले ६ वटा बुँदासहित ९ वटा सहकारीहरुको कागजात माग गर्ने निर्णय गरेका छौँ । गोर्खा मिडिया नेटवक प्रा.लि.मा विभिन्न सहकारीबाट प्रवाह भएको रकमका सन्दर्भमा हाम्रो चासो केन्द्रित भएको छ । हामीलाई टिओआरमा कार्यादेशमा पनि त्यही कुरा उल्लेख छ । हामी त्यसमा अगाडि बढेका छौँ । यसअघिका छानबिन समिति, आयोगहरुका प्रतिवेदनहरु प्राप्त भएका छन् ।’ 


उहाँले समितिले राजहाँसको भुमिका निर्वाह गर्नेगरी सहकारी ठगी प्रकरणमा तथ्य प्रमाण संकलन गर्ने बताउनु भयो । समिति कसैलाई ढाकछोप गर्न र नियतवश फसाउन बनेको समिति नभएको बताउनु भयो । समितिले सहकारी क्षेत्रका ज्ञाता पूर्वमन्त्री, सहकारी विकास बोर्डका तत्कालीन अध्यक्ष दीपकप्रकाश बाँस्कोटा र पूर्वमन्त्री सहकारी महासंघका पूर्वअध्यक्ष केशवप्रसाद बडालसँग पनि छलफल गरेको छ ।

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

लागुऔषध दुव्र्यसनीको विकराल अवस्थालाई रोक्न सबै एक हुनुपर्छः मन्त्री श्रेष्ठ

Next Post

हुथी समूहद्वारा अरब सागरमा घरेलु हाइपरसोनिक मिसाइल आक्रमण गरेको दाबी

Next Post

हुथी समूहद्वारा अरब सागरमा घरेलु हाइपरसोनिक मिसाइल आक्रमण गरेको दाबी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन