Latest
हरितालिका तिजमा पशुपतिमा व्रतालु महिलाको भीड
Next
Prev

‘एक युवा पाँच बिरुवा, एक कमिटी एक वृक्षारोपण कार्यक्रम’ अभियान देश भरी नै सुरु

मदन जयन्तीको ७३ औ स्मृतिमा अबसरमा राष्ट्रिय युवा संघ नेपालले सुरु गरेको ‘एक युवा पाँच बिरुवा, एक कमिटी एक वृक्षारोपण कार्यक्रम’ अभियान देश भरी नै सुरु भएको छ । 
संरक्षण प्रकृतिको, सुरक्षा सन्ततिको भन्ने मूल नाराका साथ राष्ट्रिय युवा संघ नेपाल कास्की जिल्ला कमिटीले वृक्षारोपण गरेको छ । पोखरा -२६ स्थित शिव आधारभुत विद्यालयमा विभिन्न जातका 484 सय बिरुवा रोपिएको कास्की जिल्लाका संयोजक शंकर पौडेलले जनाएका छन । 
राष्ट्रिय प्रजातान्त्रिक युवा संघका संस्थापक केन्द्रिय सदस्य , पार्टीका स्थाइ कमिटी सदस्य तथा निबर्तमान मुख्यमन्त्री खगराज अधिकारीको प्रमुख आतिथ्यतामा वृक्षारोपण कार्यक्रम शुभारम्भ भएको थियो। अधिकारीले राष्ट्रिय युवा संघ नेपाल समस्या नभई प्राकृतिक विपत्तिमा नेपाली जनताका समस्याका समाधानको निम्ति अग्रणी भूमिका निर्वाह गरेको स्मरण गर्दै सिङ्गो नेतृत्वलाई बधाई दिनु भएको थियो। विशेष अतिथि पार्टीका केन्द्रिय सदस्य तथा राष्ट्रिय युवा संघ नेपालका पुर्ब केन्द्रिय अध्यक्ष राजिब पहारीले अहिले वातावरणमा अनेक खालका समस्या भई रहेको , कहिले अति वर्षा त कहिले खडेरी मात्र जसले गर्दा मानव जिवनलाई नै धेरै कष्ट बनाइरहेको र यसलाई बिरुवा रोपेर न्यूनीकरण गर्न सकिने बताउनु भएको थियो।


कार्यक्रमका विशेष अतिथि राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय उपाध्यक्ष तथा गण्डकी प्रदेश उत्प्रेरक महाराज गुरुङ्ग , महासचिब सुमन पूरीले राष्ट्रिय युवा संघ नेपालले ३ लाख बिरुवा रोप्नने योजना रहेको बताउँदै यसलाई सफल बनाउन सबैले सहयोग गर्न आवस्यक रहेको कुरा औँल्याउँदै यो मौसम वृक्षारोपणको लागि उपयुक्त रहेको र यो झरीमा पनि भव्य उपस्थितिमा कार्यक्रम गरेकोमा जिल्ला अध्यक्ष शंकर पौडेललाई बधाई दिँदै आगामी दिनमा थप सृजनशिल कार्य गर्न प्रेरित गर्नुभएको थियो। साथै यो अभियान एक महिनासम्म चल्ने जानकारी गराउनु भयो।
यस कार्यक्रममा नेकपा एमाले कास्की जिल्ला अध्यक्ष बयान बहादुर क्षेत्री अधिकारी, महानगर कमिटी अध्यक्ष जीवन आचार्य, उपाध्यक्ष नरेन्द्रनाथ ढुङ्गाना, संगठनका केन्द्रिय सचिव प्रभात भण्डारी, सचिवालय सदस्यहरु मदन गिरी, मदन भण्डारी, स्थाई कमिटी सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज विकास अधिकारी, प्रदेश अध्यक्ष पिताम्बर खनाल, केन्द्रिय सदस्य तथा कास्की जिल्ला इन्चार्ज बिक्रम गुरुङ्ग, केन्द्रिय सदस्यहरु बबिता सुबेदी , साजन सुबेदी लगायत संगठनका नेता तथा कार्यकर्ताहरु, पार्टीका बिभिन्न कमिटीमा रहनुभएका कार्यकर्ताहरुको उल्लेख्य उपस्तिथि रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist