Latest
Next
Prev

इजिप्टियन ट्याक्सी चालकद्वारा पठन संस्कृति विकासका लागि ट्याक्सीलाई मोबाइल लाइब्रेरीमा परिणत

उत्तरी इजिप्टको अलेक्जान्ड्रियाको तटीय गभर्नोरेटको सडकमा धेरै यात्रुहरूले ट्याक्सीमा राखिएका विभिन्न पुस्तकहरू पढ्ने गर्दछन् । ट्याक्सी चालक मोहम्मद अजामले मानिसहरूलाई पढ्न प्रोत्साहित गर्न हप्ताको तीन वा चार दिन आफ्नो ट्याक्सीलाई मोबाइल पुस्तकालयमा परिणत गरेका छन् । आफूलाई बाल्यकालदेखि नै पढ्न मन परेको र मोबाइल ट्याक्सी पुस्तकालय पहल गर्ने निर्णय गर्नुको कारण यही रहेको बताउनु भयो । ४२ वर्षीय अजामले आफ्ना पुस्तकहरूमा पैदलयात्रीहरूको रुचि देखेर सन्तुष्ट भएको बताउनु भयो । अज्जमले आफ्नो गैर–कामको समयमा मानिसहरूलाई पुस्तकहरू उपलब्ध गराउनु भयो । उनीहरूलाई प्रत्येक पटक तीन घण्टासम्म पढ्न अनुमति दिनुभएको छ । तीन वर्ष अघिको पहललाई अगाडि बढाउँदै ट्याक्सी चालक अब अलेक्जान्ड्रियामा व्यापक रूपमा परिचित भएको छ । यो पहल शुरु गर्नुको मुख्य कारण इन्टरनेट र सामाजिक सञ्जालको फैलावटपछि मानिसमा पढ्न नचाहेको बताउनु भयो । 


मोबाइल पुस्तकालयको भ्रमण गरेका उच्च माध्यमिक विद्यालयका विद्यार्थी महमूद अब्दोले भने यस्तो पहलले धेरै मानिसहरूलाई आकर्षित गर्ने बताउनु भयो । 


अज्जमले अलेक्जान्ड्रिया भित्र थप साना पुस्तकालयहरू खोलेर र अरूलाई आफूसँग सामेल हुन आमन्त्रित गरेर पहललाई बढावा दिन चाहेको बताउनु भयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist