Latest
Next
Prev

उज्बेकका राष्ट्रपति र राष्ट्रसंघका प्रमुखबीच सुधार, सहकार्यका विषयमा छलफल

उज्बेकका राष्ट्रपति शावकत मिर्जियोयेभ र राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसबीच शिष्टाचार भेटवार्ता भएको छ । भेटमा उज्बेक र राष्ट्रसंघमा सुधारका लागि सहयोग गर्ने विषयमा छलफल गर्नुभएको बताइएको छ । वर्तमान भ्रमण एन्टोनियो गुटेरेसको उज्बेकको दोस्रो भ्रमण हो । यसले उज्बेकिस्तान–२०३० रणनीतिको ढाँचाभित्र जारी अपरिवर्तनीय सुधारका लागि संयुक्त राष्ट्रसंघको पूर्ण समर्थनको प्रमाण दिने उज्वेकिस्तानले बताएको छ । वार्ताका क्रममा दुई नेताले विश्वव्यापी र क्षेत्रीय सुरक्षा, स्थायित्व र दिगो विकासको प्रवर्द्धनलगायतका विषयमा छलफल गर्नुभएको थियो । उज्वेकिस्तान र संयुक्त राष्ट्रसंघबीचको बहुआयामिक सहयोग विस्तारमा पनि ध्यान केन्द्रित भएको र दिगो विकास लक्ष्यहरू हासिल गर्ने उद्देश्यका साथ संयुक्त परियोजनाहरूको प्रगतिको समीक्षा गभएको बताइएको छ । दुवै नेताले समसामयिक राष्ट्रिय र क्षेत्रीय अवस्थाका बारेमा पनि विचार आदानप्रदान गर्नुभएको थियो । राष्ट्रपतिले अन्तर्राष्ट्रिय सुरक्षा र स्थायित्वको प्रवद्र्धन, संयुक्त राष्ट्र संघ र यसका प्रमुख अंगहरूको सुधार र यस वर्षको अन्त्यमा न्यूयोर्कमा भविष्यको शिखर सम्मेलन आयोजना गर्न महासचिवको पहलप्रति समर्थन व्यक्त गर्नुभयो । संयुक्त राष्ट्रसंघका अनुसार गुटेर्रेस हाल जुन २९ देखि जुलाई ७ सम्म मध्य एशियाली मुलुकको भ्रमणमा हुनुहुन्छ । भ्रमणको एक हिस्साका रूपमा उहाँ बिहीवार अस्तानामा हुने सांघाई सहयोग संगठनको शिखर सम्मेलनमा सहभागी हुनु हुनेछ । गुटेरेसले पछिल्लो पटक सन् २०१७ मा मध्य एशियाको भ्रमण गरेका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist