Latest
सन्दर्भः संविधान दिवस (माधव नेपाल)
संसद सुचारु हुने रास्वपाको विश्वास
Next
Prev

इजिप्टको नयाँ मन्त्रीपरिषद्द्वारा शपथ ग्रहण

इजिप्टको नयाँ मन्त्रिपरिषद्ले बुधवार इजिप्टको राजधानी कायरोको अल–इतिहादिया दरबारमा इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसी समक्ष शपथ ग्रहण गरेको छ । नयाँ मन्त्रिपरिषद्को नेतृत्व प्रधानमन्त्री मोस्तफा मदबोलीले गर्नुभएको छ । जो २०१८ देखि पदमा हुनुहुन्छ । ३० मन्त्री सम्मिलित नयाँ सरकारले केही मन्त्रालयहरू गाभ्ने र नयाँ, विशेष गरी आर्थिक विभागहरू समावेश गरेको देखिएको छ । परराष्ट्र, अर्थ, आपूर्ति, पेट्रोलियम, विद्युत र पर्यटनलगायत १७ मन्त्रालयलाई समेटेको छ । अहमद कौचौकलाई अर्थमन्त्री नियुक्त गरिएको छ । उहाँले २०१८ देखि अर्थमन्त्री मोहम्मद माईतको सहायकको रूपमा सेवा गर्नुभएको छ । युरोपेली युनियनका लागि इजिप्टका राजदूत बद्र अब्देलाट्टीको नेतृत्वमा परराष्ट्र र आप्रवासन र प्रवासी मामिला मन्त्रालयहरूलाई एउटै मन्त्रालयमा गाभिएको थियो । यसैबीच, शेरिफ फारुकले आपूर्ति र आन्तरिक व्यापार मन्त्रीको रूपमा शपथ लिनुभएको छ । करिम बदावीले पेट्रोलियम तथा खनिज स्रोत र महमुद इस्मातले विद्युत तथा नवीकरणीय ऊर्जामन्त्रीमा शपथ लिनुभएको छ । यातायात मन्त्री कामेल अल वाजिर र स्वास्थ्य मन्त्री खालिद अब्देल–गफ्फरले क्रमशः औद्योगिक विकास र मानव विकासका लागि उपप्रधानमन्त्रीको रूपमा काम गर्नुहुनेछ । शपथ ग्रहण समारोहअघि अल–सिसीले अब्देल–मागुइद सक्करलाई लेफ्टिनेन्ट जनरलको पदमा बढुवा गर्नुभयो र मोहम्मद जाकीको स्थानमा रक्षा र सैन्य उत्पादन मन्त्रीको रूपमा नियुक्त गर्नुभयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist