रुवाण्डाका राष्ट्रपति पाउल कागामेले राजधानी किगालीमा ४५ हजार सिट क्षमताको रंगशालाको अनावरण गर्नुभएको छ । कागामेको साथमा अफ्रिकी फुटबल संघ (सीएएफ) का अध्यक्ष प्याट्रिस मोत्सेपे हजारौं फुटबल प्रशंसक र रंगशालामा उपस्थित भएका थिए । उद्घाटन कार्यक्रममा २०२३÷२४ रुवाण्डा प्रिमस राष्ट्रिय लिग च्याम्पियन आर्मी प्याट्रिओटिक रुवान्डाईज फुटबल क्लव (एपीआर एफसी) र पीस कप विजेता पुलिस फुटबल क्लव (पुलिस एफसी) बीचको मैत्रीपूर्ण खेल पनि देखाइएको थियो ।
उहाँले आफूहरु अझै धेरै का गर्नका लागि सरकारमा रहेको बताउनु भयो । युवा फुटबल प्रतिभाको लागि कुनै बहाना नबनाइ काम गर्ने बताउनु भयो । अमाहोरो रंगशालाको मर्मतअघि २५ हजार दर्शक क्षमता थियो । यस रंगशालाले यसअघि नै अन्तर्राष्ट्रिय खेलहरू आयोजना गर्न फिफाबाट स्वीकृति प्राप्त गरिसकेको छ ।