Latest
हिसान कास्कीमा दिवाकर जैसीको नेतृत्व
भद्रकालीमा विश्वकर्मा पूजा गर्नेहरुको भीड
Next
Prev

नयाँ सरकारप्रति पुँजीबजार सकारात्मकः नेप्से परिसूचक ५२.९७ अंकले वृद्धि

नयाँ सरकार गठन प्रक्रिया भएसँगै नेप्से परिसूचक ५२.९७ अंकले बढेको छ ।


पुष्पकमल दाहाल नेतृत्वको १८ महिने सरकार ढलेपछिको भएको शेयर कारोबारमा उत्साहजनक देखिएको छ । नयाँ अर्थमन्त्री एमालेका उपाध्यक्ष विष्णु पौडेल बन्ने खबरसँगै शेयर बजारमा हरियाली छाएको छ । आईतवार नेप्से परिसूचक ५२.९७ अंक बढेर २२५७.५९ बिन्दुमा पुगेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ९.५९ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ३.८९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.४८ अंकले बढेको छ ।
आईतवार कारोबारमा आएका ३०९ कम्पनीको २ करोड २० लाख ४७ हजार कित्ता शेयर ७ अर्ब ६५ करोड ४ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । गत बिहीवार ७ अर्ब ८ करोडको शेयर खरिदबिक्री भएको थियो । अघिल्लो कारोबार भन्दा आईतवार कारोबारमा वृद्धि भएको छ ।  
नेप्सेका उपसमूहकै शेयर बढेको छ । जसमा बैंकिङ उपसमूहको परिसूचक सबैभन्दा बढी ३.७४ प्रतिशत बढेको छ । त्यस्तै,जलविद्युत उपसमूहको परिसूचक पनि ३ प्रतिशतभन्दा बढी बढेको छ भने जीवन बीमा, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ। विकास बैंक, वित्त, होटल, लगानी, म्युचुअल फण्ड, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ ।
आईतवार भएको कारोबारमा रिडी पावर र माण्डु हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै,जानकी फाइनान्स र हिमाल दोलखा हाइड्रोपावरको शेयरमूल्य करिव १० प्रतिशत बढेको छ भने अरुण भ्याली हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । तर यता बलेफी हाइड्रोपावरको शेयरमूल्य भने ५.१२ प्रतिशत घटेको छ । आईतवारको कारोबारमा जानकी फाइनान्सको २४ करोड २७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist