Latest
हरितालिका तिजमा पशुपतिमा व्रतालु महिलाको भीड
Next
Prev

योजनाहरु शिलान्यास मात्रै गरेर छोड्नु हुँदैनः देउवा

नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमनत्री शेरबहादुर देउवाले कुनैपनि योजनाहरु शिलान्यास मात्रै गरेर छोड्न नहुने बताउनुभएको छ ।


बुधवार काठमाडौंको धापासीमा नेपाल महिला संघ केन्द्रिय कार्यालयका लागि नयाँ भवन निर्माणको शिलान्यास गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले शिलान्यस गर्ने तर नबनाइदिँदा अलपत्र हुने भन्दै कुनैपनि योजनाको उद्घाटन मात्रै गरेर छोड्नु नहुने बताउनु भयो । उहाँले स्व.मंगलादेवी सिंहको नाममा भवन शिलान्यास गर्न पाउनु आफ्नो लागि सौभाग्यको विषय भएको बताउनु भयो । उहाँले मंगलादेवी सिंह आफैँमा एउटा संस्था भएको बताउनु भयो । उहाँले मंगलादेवी सिंहको नाममा बन्न लागेको भवनको निर्माण छिटै सम्पन्न गर्न सम्पूर्ण काठमाडौंवासीको साथ र सहयोग चाहिने बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘आज मंगलादेवी सिंहको नामको भवनको शिलान्यास गर्ने मौका मैले पाएको छु । यो मेरा लागि धेरै ठूलो सौभाग्यको कुरा पनि हो । मंगलादेवी सिंह गणेशमानजीको श्रीमतीमात्रै नभएर मंगलादेवी सिंह आफैँमा पनि मंगलादेवी सिंह हो । त्यसकारण उहाँ गणेशमानजीको श्रीमतीको नामबाट होइन । मंगलादेवी आफैँमा एउटा संस्था हो । उहाँको नाममा भवन शिलान्यास गर्न लागेका छौँ । तर यो बन्नुपर्छ, शिलान्यास मात्रै गर्ने अरु नबन्ने हुनु हुँदैन । मैले त के भनेको छु भने उद्घाटन गर्ने मात्रै भए शिलान्यास नै नगर भनेको छु । यसको उद्घाटन गर्ने काम पनि होस्, घर पनि बनोस् । यहाँ भएका महिला दिदिबहिनीहरुबाट मात्रै होइन, सम्पूर्ण काठमाडौंवासीबाट सहयोग होस् । यो बनेको खण्डमा मात्रै सच्चा श्रद्धाञ्जली हुनेछ ।’


सभापति देउवाले मंगलादेवी सिंहको नाममा बन्न लागेको भवन निर्माण भइसकेको खण्डमा र त्यहाँबाट महिलाका हक, अधिकारका आवाज उठ्न थालेपछि मात्रै मंगलादेवीप्रति सच्चा श्रद्धाञ्जली हुने बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist