• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पुँजीको सकसमा रहेका बैंकका लागि पुँजी सहज बनाउन सरकारसँग बैंकर्स संघको माग

नीतिप्रेस by नीतिप्रेस
July 17, 2024
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]


नेपाल बैंकर्स संघले पुँजीको सकसमा रहेका बैंकहरुका लागि पुँजी सहज बनाउन सरकारसँग माग गरेको छ ।


मंगलवार उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँगको भेटमा बैंकर्सहरुले यस्तो माग गरेका हुन् । बैंकर्सहरुले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत पुँजीकोषमा सकसमा रहेका बैंकहरुलाई अतिरिक्त पुँजी सहजता प्रदान गर्ने मौद्रिक नीति राष्ट्र बैंकले ल्याउनुपर्ने माग राखेका छन् । क्यापिटल एडुक्वेसी फ्रेमवर्क २०१५ अनुसार बैंकहरुले जोखिम भारित सम्पतीको ४.५ प्रतिशत कमन इक्विटी क्यापिटल र थप २.५ प्रतिशत पुँजी संरक्षण बफर कायम गर्नुपर्ने व्यवस्था रहेको छ । त्यस्तै बैंकहरुले १.५ प्रतिशत (अतिरिक्त प्राथमिक पुँजी)सहित प्राथमिक पुँजीकोष अनुपात न्युनतम ८.५ प्रतिशत कायम राख्नुपर्छ भने २.५ प्रतिशत पूरक पुँजी जोडेर ११ प्रतिशत पुँजीकोष बैंकहरुसँग हुनुपर्ने व्यवस्था छ । त्यसमा आगामी मौद्रिक नीतिमार्फत अतिरिक्त पुँजी जुटाउनको लागि सहज नीति सरकारले लिनुपर्ने  बैंकका प्रमुख कार्यकारी अधिकृतहरुले माग गर्नुभयो । बैंकर्स संघका उपाध्यक्ष सन्तोष कोईरालाले पुँजी सकसको कारण लगानी बिस्तारमा समस्या रहेको भन्दै मौद्रिक नीतिमार्फत सहजिकरण गर्नुपर्ने बताउनु भयो । उहाँले आगामी मौद्रिक नीतिमा पुँजीकोषमा सकस रहेका बैंकहरुलाई अतिरिक्त पुँजी सहजता गर्ने विषयलाई सम्बोधन गर्नुपर्ने बताउनु भयो । उहाँले मौद्रिक नीतिले पुँजी सकसको समस्या सहजिकरण गर्दा बैंकर्सको मनोबल बढ्ने बताउनु भयो । अब स्थिर सरकार बन्ने भएको भन्दै उहाँले बैंकर्सहरुमा पनि आशा जगाएको बताउनु भयो । उहाँले सरकारले बैंकर्स,उद्योगी व्यवसायीदेखि सर्वसाधरणको मनोबल बढाउन जरुरी रहेको बताउनु भयो । उहाँले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि सरकारले मनोबल बढाउने नीति लिन जरुरी रहेको बताउनु भयो । सरकारले बैंकहरुलाई कर्जा प्रवाह र निजी क्षेत्रले कर्जा लिनसक्ने वातावरण सिर्जना गरे तत्कालिन अर्थतन्त्र र वित्तीय क्षेत्रका समस्या समाधान हुने आशा व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो,‘बैंकहरुमा तरलता भएको अवस्थामा क्यापिटलको कारण लगानीको समस्या छ । आगामी मौद्रिक नीतिमा त्यसलाई सम्बोधन गर्ने हिसावले आउँदा मनोबल बढ्छ । अब स्थिर सरकार बन्छ भन्ने सबैतिर आशा जागेको छ । बैंकर्स,उद्योगी व्यवसायीदेखि सर्वसाधरणको मनोबल बढाउन जरुरी छ । आत्मबल बढे मात्रै अर्थतन्त्रमा देखिएको समस्या समाधान हुने अवस्था छ । सरकारले बैंकहरुलाई कर्जा प्रवाह र निजी क्षेत्रले कर्जा लिनसक्ने वातावरण सिर्जना बनाउनुपर्छ । सरकारले त्यो गर्नसक्यो भने तत्कालिन अर्थतन्त्र र वित्तीय क्षेत्रका समस्या समाधान हुन्छ ।’


बैंकर्स संघका पूर्वअध्यक्ष तथा नविल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङ्गानाले बैंकहरुले पुँजी सकसको कारण पैसा भएर पनि कर्जा दिन नसकेको बताउनु भयो । उहाँले बैंकहरुमा क्यापिटल रिक्वयरमेण्ट अन्तर्राष्ट्रिय स्टाण्र्डर भन्दा कडा रहेको भन्दै त्यसलाई मौद्रिक नीतिमार्फत केही लचकता अपनाउन माग गर्नुभयो । उहाँले सरकारले बैंकहरुमा पुँजीकोषमा सहजता ल्याउने र निर्माण व्यवसायीहरुको भुक्तानीको समस्या समाधान भए अर्थतन्त्रले तत्काल गति लिने विश्वास व्यक्त गर्नुभयो । उहाँले रेगुलर रिजर्वलाई कोर पुँजीका रुपमा मान्यता दिनुपर्ने बताउनु भयो । उहाँले अहिले १० वटा बैंकहरु थप क्यापिटल नभएको कारणले समस्यामा रहेको बताउनु भयो । उहाँले निर्माण व्यवसायीहरुलाई सरकारले ठेक्का सम्झौता गरी आयोजना निर्माण गर्न दिने र स्रोत सुनिश्चिता भएन भन्दै भुक्तानी नदिँदा लाखौं श्रमिकको रोजगारी जाने र व्यवसायीहरुको घरजग्गा डुब्ने अवस्था आएको र बैंकहरु पनि समस्यामा आउन थालेको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘निर्माण व्यवसायीहरुलाई सरकारले ठेक्का सम्झौता गरेर आयोजना निर्माण गर्न दिएर स्रोत सुनिश्चिता भएन भनेर भुक्तानी नदिँदा लाखौं श्रमिकको रोजगारी जाने र व्यवसायीहरुको घरजग्गा डुब्ने अवस्था र बैंकहरु पनि समस्यामा आउन थालेका छन् । एउटै सरकारको अर्को मन्त्रालयले टेण्डर लगाएको कामलाई अर्थमन्त्रालयले स्रोत सुनिश्चित भएन भनेर रकम दिन्न भन्न मिल्दैन होला । यसले समग्र अर्थतन्त्रमा समस्या पारेको छ । आयोजना राम्रो छैन भने फरफारक गरेर खारेज गरे भयो । ९० प्रतिशतसम्म काम भएको छ भने त्यसलाई भुक्तानी नदिँदा अन्य उद्योग व्यवसायदेखि बैंकहरुमा मन्दीको समस्या परेको छ । अब हजुरको कार्यकालमा समस्या समाधान भयो भने बैंकहरुले पैसा भएर पनि कर्जा दिन नसकेको कारण बैंकहरुको क्यापिटलमा समस्या भयो । नेपालका बैंकहरुमा क्यापिटल रिक्वयरमेण्ट अन्तर्राष्ट्रिय स्टाण्र्डर भन्दा कडा छ । केही लचकता अपनाउन राष्ट्र बैंकलाई भनिदिनुपर्छ । बैंकहरुमा क्यापिटल रिक्वयरमेण्ट सहज भयो र निर्माण व्यवसायीहरुको भुक्तानीको समस्या समाधान भए अर्थतन्त्रले तत्काल गति लिन्छ । रेगुलर रिजर्वलाई कोर क्यापिटल मानिदिन राष्ट्र बैंकलाई आग्रह गरेका छौं । १० वटा बैंकहरु थप क्यापिटल नभएको कारणले समस्यामा छन् । थप राइट शेयर दिन कोही किन्न मान्दैनन् । १०० मा पनि प्रोमोटर शेयर बिक्री हुँदैन । नयाँ बाफिया कानून देखेपछि सबै एक पटक बिक्रीमा आयो भने १४ खर्बको आउँछ । बाफियाको कारण नआउला ।’


बैकर्स संघका अध्यक्ष सुनिल केसीले बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर कम भएपनि र कर्जा बिस्तार अपेक्षाकृत हुन नसकेको बताउनु भयो । उहाँले सरकार अर्थतन्त्रलाई चलायमान बनाउनेतर्फ अग्रसर हुनुपर्ने बताउनु भयो । उहाँले सरकारले बैंकहरुलाई दिनुपर्ने १० अर्ब रुपैयाँ तत्काल भुक्तानी दिनुपर्ने बताउनु भयो । उहाँले सरकारलाई विभिन्न शिर्षकमा दिएको कर्जा भुक्तानी नहुँदा बैंकहरुलाई समस्या भएको भन्दै १३ अर्ब रुपैयाँमा ३ अर्ब मात्रै भुक्तानी भएको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘बैंकहरुले सरकारसँग १० अर्ब रुपैयाँ लिन बाँकी छ । सरकारलाई विभिन्न शिर्षकमा दिएको कर्जा भुक्तानी नहुँदा रकम बजारमा जान पाएको छैन । १३ अर्ब रुपैयाँमा ३ अर्ब भुक्तानी भएपनि १० अर्ब रुपैयाँ बाँकी रहेको छ । सरकारबाट नै पैसा नआउँदा राम्रो सन्देश भएको छैन । तर बैंकर्सहरु तपाईको कार्यकालमा सफल बनाउन प्रतिवद्ध छौं ।’


बैंकर्सहरुले बैकिङ क्षेत्रमा वित्तीय स्थायित्व तथा आर्थिक विकासका लागि सरकारलाई सहयोग गर्न सदैव तत्पर रहेको बताएका छन् । 

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

सिरिया छिमेकीसँगको सम्बन्ध सुधार गर्ने कुनैपनि पहलप्रति सकारात्मक छः सिरियाली राष्ट्रपति

Next Post

योजनाहरु शिलान्यास मात्रै गरेर छोड्नु हुँदैनः देउवा

Next Post

योजनाहरु शिलान्यास मात्रै गरेर छोड्नु हुँदैनः देउवा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन