सिरियाली राष्ट्रपति बसर अल–असदले सोमबार टर्कीसँग सम्बन्ध सुधार गर्न सकारात्मक रहेको बताउनुभएको छ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले आफूसँग भेट्न अनुरोध गरेको प्रश्नको पहिलो जवाफमा असदले सिरियाले जुनसुकै तहमा बैठक आवश्यक रहेको बताए आफूहरु छलफलका लागि तयार रहेको बताउनु भयो । दुई देशबीचको सम्बन्ध सुधार गर्न बैठकहरु जारी रहेको बताउनु भयो ।
उहाँले सिरिया र टर्की दुवैको हितमा सकरात्मक नतिजा हासिल गर्ने महत्वलाई जोड दिँदै बैठक हुने वा नगर्ने कुनै नि उपायका लागि सिरिया खुला रहेको बताउनु भयो । असदले सिरिया आफ्नो छिमेकीसँगको सम्बन्ध सुधार गर्ने कुनैपनि पहलप्रति सकारात्मक रहेको दोहो¥याउनु भयो ।