• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

सत्ता गठबन्धन परिवर्तनको कुनै राजनीतिक कारण छैनः राजनीतिक विश्लेषक खतिवडा

नीतिप्रेस by नीतिप्रेस
July 17, 2024
in नेपाली समाचार आजको, राजनीति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

तत्कालिन पुष्पकमल दाहाल नेतृत्वको सरकार ढलेर एकाएक संसदका दुई ठूला राजनीतिक दलहरु नेपाली काँग्रेस र नेकपा(एमाले)सहितको समिकरणमा नयाँ सरकार बनेपछि यसबारे अनेकन प्रतिक्रियाहरु आइरहेका छन् । कतिपयले ठूलो राजनीतिक अर्थसहित एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेको भनिरहेका छन् भने कतिपयले काँग्रेस–एमाले सहितका दलहरुले केबल बाँडीचुँडी सत्ताको उपभोग गर्नका लागि मात्रै सरकार बनेको टिप्पणी गरिरहेका छन् । राजनीतिक विश्लेषक डम्बर खतिवडा भने नेपाली काँग्रेस र नेकपा(एमाले)ले सत्ताको उपभोग गर्न नपाउँदा नयाँ गठबन्धन बनाएको टिप्पणी गर्नुभएको छ । न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै राजनीतिक विश्लेषक खतिवडाले संसदका दुई ठूला दलहरु नेपाली काँग्रेस र नेकपा(एमाले)को गठबन्धनमा सरकार बन्नुका पछाडी कुनै राजनीतिक कारण नभएको बताउनु भयो । उहाँले यि दुई दलहरुले सत्ता बाहिर लामो समय बसेमा आफूहरु समाप्त हुने भयका कारण मिलेर सरकार बनाएको बताउनु भयो । प्रतिपक्षमा बस्दा सरकारी सेवा, सुविधाको उपभोगबाट वञ्चित हुने मानसिकताले पनि सरकारमा यि दलहरु मिलेर गएका उहाँले टिप्पणी गर्नुभयो । उहाँले संसदको तेस्रो र चौथो ठूलो दलले सरकारमा रजगज गरेको देख्दा काँग्रेस र एमाले आत्तिएको बताउनु भयो । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले संसदीय लोकतन्त्रमा दुई ठूला दलहरु मिलेर सरकार बनाएको संसारमा कतै नभएको भन्दै नेपालमा भने भागबण्डाको राजनीतिका कारण यस्तो सम्भव भएको बताउनु भयो । 
उहाँले भन्नुभयो – ‘मेरो विचारमा खासमा यो भागबण्डाको राजनीति हो । आलोपालोको राजनीति हो । नेपालका राजनीतिक दलहरु लामो समयसम्म प्रतिपक्षमा बस्न र जनताको सरोकारको आवाजहरु उठाउन, धैर्यता गर्दैनन् । दुई ठूला दलहरु मिलेर सरकार बनाएको मैले संसारको संसदीय लोकतन्त्रमा कहीँ पनि देखेको छैन नेपालमा बाहेक । यो के हो भने एकप्रकारको सत्ता बिना टिक्न सकिँदैन र लामो समय सत्ताभन्दा बाहिर बसियो भने जनताले सत्ताधारि दलहरु तिर रुझान राख्छन् र हामी समाप्त हुन्छन् भन्ने एउटा र अर्को राज्यका स्रोत, साधनहरु दोहन गर्ने, गाडी चढ्ने, प्रहरीको सलामी खाने, क्वार्टरहरु प्रयोग गर्ने, तलवभत्ता खाने अवसरहरुबाट वञ्चित भइन्छ भन्ने मानसिकताबाट काँग्रेस एमालेलाई के लाग्यो भने हामी अलि ठूला पार्टी छौँ । माओवादी सानो छ । अझ त्यो रास्वपा भन्ने नयाँ आएको त चौथो दल हो । अनि प्रचण्ड र रवि लामिछाने भएर फुर्ति लाउने । हामी दुई ठूला दल चाहीँ टुलुटुलु हेरेर खान नपाएर बस्ने ? भन्नेखालको उनीहरुको मनमा एक प्रकारको औडाहा भयो । त्यो औडाहाबाट उनीहरुले यो गठबन्धन परिवर्तन गरेका हुन् । यसको अरु कुनैपनि राजनीतिक कारण छ जस्तो मलाई लाग्दैन । आलोपालो र भागबण्डाको राजनीतिमा संसदीय राजनीतिको अन्तर्राष्ट्रिय मान्यता, मूल्य प्रचलन भन्दा विपरित ढंगको अभ्यास गर्ने जुन काम भइरहेको छ, यसमा तीनवटै दलहरु उत्तिकै संलग्न छन् भन्ने मलाई लाग्छ ।’
राष्ट्रिय सहमती र संविधान संशोधनको कुरा केवल बर्को मात्रै
राजनीतिक विश्लेषक खतिवडाले काँग्रेस, एमालेले राष्ट्रिय सहमती र संविधान संशोधनको बर्को ओढेको टिप्पणी गर्नुभयो । उहाँले यि दलहरु संविधान संशोधनमा प्रवेश गर्न नसक्ने बताउनु भयो । उहाँले मिलिजुली खानका लागि सरकार बनाएका बन्दै संविधान संशोधन लगायतका सैद्धान्तिक कुराहरुमा उनीहरुको जोड नभएको जिकिर गर्नुभयो । उहाँले यि दलहरुको विचार, सिद्धान्त र एजेण्डाप्रति कुनै रुची नभएको बताउनु भयो । 
उहाँले भन्नुभयो – ‘यो गठबन्धन मिलिजुली खाने बाहेक केहीपनि होइन । यसका बारेमा धेरै गम्भीर भएर विश्लेषण गर्न जरुरी पनि छैन । यसले देश र जनताको समस्याको हल पनि गर्दैन । यसले राष्ट्रिय सहमती र संविधान संशोधन भन्ने एउटा बर्को चाहीँ ओढेको छ । तर त्यो बर्कोलाई पनि मैले रामनामी बर्को भन्छु । यिनीहरु संविधान संशोधनमा प्रवेश गर्न सक्छन् जस्तो मलाई लाग्दैन । प्रवेश गरे भनेपनि तिनीहरुको ओरेन्टेशन के हुन्छ त ? कतातिर संविधान संशोधन गर्न जान्छन् । त्यसपछि नागरिकहरुको प्रतिक्रिया के हुन्छ ? राजनीतिक ध्रुविकरणहरु कसरी हुन्छन् ? त्यो प्रश्नहरु अहिले अनसिन जस्तो छ । राम्ररी प्रकट भइसकेको छैन । त्यसमा बोल्नु हतारिनु हुन्छ । उनीहरुको सैद्धान्तिक कुराहरुमा जोड पनि छैन । सहमती सार्वजनिक गरिएको छैन । मिलेर के गर्न खोजेको भन्ने साझा न्युनतम कार्यक्रम छैन । विचार, सिद्धान्त, एजेन्डाप्रति उनीहरुको रुची नै छैन । खालि हतार–हतार गर्ने, गठबन्धन फेर्ने, मन्त्री बनाउने भन्नेतिर मात्रै उनीहरुको रुची छ । यसले उनीहरु सत्ताको दोहन गर्न हतारिएका हुन् र प्रतिपक्षमा बस्ने अधैर्यता हो ।’ 
संघीयता, समानुपातिकता, आरक्षण र समावेशितामाथि आक्रमणको आशंका
विश्लेषक खतिवडाले कुन मुद्दामा संविधान संशोधन गर्ने भन्नेमा नै उनीहरु स्पष्ट नभएका बताउनु भयो । उहाँले दुई दलिय प्रणाली कायम गर्नका लागि संविधान संशोधन गर्ने भन्नेकुरा बाहिर आएको भन्दै यसबारे प्रष्ट पार्न आग्रह समेत गर्नुभयो । उहाँले दुई ठूला दल मिलेर संघीयता, समानुपातिकता, आरक्षण र समावेशितामाथि आक्रमण गर्न खोजेकोप्रति आशंका उब्जिएको बताउनु भयो । यसमाथि आक्रमण गर्न खोजे दलहरुले ठूलो मूल्य चुकाउनुपर्ने उहाँको भनाई छ । 
उहाँले भन्नुभयो – ‘संविधान संशोधनको ओरेन्टेशन पहिला स्पष्ट हुनुप¥यो नि त । के मुद्दामा ? के कुरामा ? कुन प्रयोजनका लागि ? कुन उद्देश्यका लागि ? जस्तो अहिले भनिदैछ कि साना र नयाँ दल धेरै भए त्यसैले दुई दलिय प्रणाली कायम गर्नका लागि संविधान संशोधन गर्ने भन्नेकुरा आएको छ । दुई दलिय प्रणाली भनेको के हो यो पनि कसैले बुझाइदिनु प¥यो । संसारमा दुई दलिय प्रणाली लोकतन्त्रमा कहाँ छ ? संसदका दुई ठूला दल मिलेर सरकार बनाएपछि त्यो कसरी दुई दलिय प्रणाली हुन्छ ? के संविधान संशोधन गरेर काँग्रेस र एमाले मात्रै राजनीतिक दल हुन पाउनेछन् । अरु सबै दलहरुमाथि प्रतिवन्ध लाग्नेछ भन्ने हो र ? होइन भने दुई दलिय प्रणाली भनेको के हो त ? के मान्छेहरुलाई नयाँ पार्टी खोल्न नदिने, नयाँ राजनीतिक विचारहरु ल्याउन नदिने भनेको हो कि ? के हो त्यो ? संविधान संशोधन गर्नुपर्छ समय समयमा भन्ने कन्सेप्ट त राम्रो हो । तर काँग्रेस एमालेले जुन ओरेन्टेशनमा यो काम गर्न खोजिरहेका छन्, कता कता यो संघीयता, समानुपातिकता, आरक्षण र समावेशितामाथि आक्रमण गर्न खोजेको हो कि ? स्थिरताको नाममा भन्ने झल्को आउँछ । यदि त्यो होइन भने उनीहरुको दृष्टिकोणबाट अहिले संशोधन गर्नुपर्ने कुरा केही पनि छैन ।  संसदीय लोकतन्त्र छँदैछ । यदि त्यसमाथि आक्रमण गर्न खोजेको हो भने त्यसको उनीहरुले ठूलो मूल्य चुकाउनुपर्ने हुनसक्छ ।’  
माओवादी केन्द्र सिद्धिने कि पुनर्गठित हुने उसैमा निर्भर
उहाँले भर्खरै सत्ताबाट बाहिरिएर प्रमुख प्रतिपक्ष दल हुन पुगेको नेकपा(माओवादी केन्द्र)का सामु सिद्धिने वा पुनःगठित हुने भन्ने विकल्प रहेको बताउनु भयो । उहाँले अर्को विकल्पको रुपमा माओवादी केन्द्रसँग काँग्रेस र कम्युनिस्टका बीचमा खेलिरहने पनि भएको भन्दै यो लफडाबाट निस्किएर पार्टीलाई पुनःगठन गर्नु नै उत्तम विकल्प भएको बताउनु भयो । 
उहाँले भन्नुभयो – ‘एउटा विकल्प माओवादी पार्टी सिद्धिएर जाने । अर्को विकल्प यसरी नै काँग्रेस, कम्युनिस्टको विकल्पमा खेलिरहने । एकता गर्ने, टुट्ने, फुट्ने, गठबन्धन गर्ने, एमालेसँग मिल्ने, काँग्रेससँग मिल्ने त्यही गरिरहने । अर्को भनेको यो लफडाबाट निस्किएर आफ्नो पार्टीलाई पुनःगठित गर्ने अभ्यासमा लाग्ने । मेहनत गर्ने । यि तिनमध्ये कुन बाटो रोज्छन् त्यो उनीहरुको स्वतन्त्रता हो ।’

dambar khatiwoda.jpg
राष्ट्रिय स्वतन्त्र पार्टी अर्को चुनावसम्म टिक्छ टिक्दैन भन्नेमै प्रश्न
खतिवडाले राष्ट्रिय स्वतन्त्र पार्टी आगामी चुनावसम्म टिक्छ टिक्दैन भन्नेमै प्रश्न रहेको बताउनु भयो । रास्वपालाई ठूला दलसँग रिसाएका मतदाताहरुले नयाँ लोकतान्त्रिक विकल्पको रुपमा भोट दिएका उल्ल्ेख गर्दै उहाँले जनताको अपेक्षा पूरा हुन नसकेको बताउनु भयो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले रास्वपाप्रति जनताको मन टुटिसकेको भन्दै संगठन र इतिहास नभएको पार्टीको भविष्य नै अन्यौल रहेको बताउनु भयो । 
उहाँले भन्नुभयो – ‘रास्वपा टिप्पणी गर्नुपर्ने पार्टी रह्यो जस्तो लाग्दैन । त्यो पार्टीलाई मान्छेले के अपेक्षामा भोट दिएका थिए भने तीन ठूला दलहरुसँग रिसाएका मतदाताहरुले नयाँ लोकतान्त्रिक विकल्प आउँला, भविष्यमा यि पार्टीहरुलाई प्रेसरमा राख्ला, सुध्रिन दबाब देला, उन्नत लोकतन्त्रको अभ्यास पनि गर्ला भन्ने अर्थमा त्यो दललाई मान्छेहरुले भोट दिएको हो । त्यो देखिएन । त्यसैले त्यो नदेखिएपछि सायद अर्को चुनावसम्म त्यो पार्टी के मा टिक्छ र ? मतदाताको मत टुटिसकेपछि । त्यसको कुनै संगठन र इतिहास त छैन । टिप्पणी गरिरहनु सान्दर्भिक रहेन ।’
संविधान संशोधनको आशामा कांग्रेस एमालेलाई समर्थन गर्नु मधेसवादी दलको मूर्खता
उहाँले आफूहरुको माग बमोजिम संविधान संशोधन हुने आशामा मधेसवादी दलहरुले काँग्रेस–एमाले गठबन्धनको सरकारलाई समर्थन गर्नु मूर्खता भएको बताउनु भयो । मन्त्रीको लागि सरकारमा जानु सत्तालिप्सा र पद लोलुपता भएको उहाँको भनाई छ । 
उहाँले भन्नुभयो – ‘संविधान संशोधन आफुहरुको मुद्दामा काँग्रेस एमालेले गर्छन् भनेर मधेसवादी दलहरुले अहिलेको गठबन्धनलाई समर्थन गरेका हुन् भने यिनीहरु मूर्ख हुन् । होइन एउटा, दुईवटा मन्त्री खान पाइन्छ भनेर त्यहाँ गएका हुन् भने त्यो सत्तालिप्सा, पद लोलुपता हो । त्यसको धेरै चर्चा गर्नै परेन । त्यो लोभि, पापी चरित्र नेपालको राजनीतिक दलहरुमा आम रुपमा छ । त्यसैको एउटा पछिल्लो कडी हो ।’  
रवि लामिछाने पहाडको सिके राउत, सिके राउत मधेशको रवि लामिछाने
राजनीतिक विश्लेषक खतिवडाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतका बीचमा कुनै भिन्नता नभएको बताउनु भयो । 
उहाँले भन्नुभयो – ‘सिके राउत भनेको अर्को रवि लामिछाने हो । मधेसको रवि लामिछाने हो । रवि लामिछाने पहाडको रवि लामिछाने हो । यसरी भन्नुस् । रवि लामिछाने भनेको पहाडको सिके राउत हो । सिके राउत भनेको मधेसको रवि लामिछाने हो । यिनीहरुका बीचमा धेरै भिन्नता छैन ।’

dambar.jpg
सरकारप्रति कसैको केही अपेक्षा छैन, पन्ध्र महिना कटाउने मेलो मात्रै
उहाँले सरकारप्रति कसैको केही पनि अपेक्षा नभएको बताउनु भयो । सरकार आलोपालोमा बन्ने भन्दै वर्तमान सरकारले केवल पन्ध्र महिना कटाउने मात्रै बताउनु भयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले चौथो पटक प्रधानमन्त्री बनेर नाम लेखाउने र शान झार्ने बाहेक केही काम नगर्ने बताउनु भयो । 
उहाँले भन्नुभयो – ‘यो सरकारको के चुनौती ? यसले पन्ध्र महिना काट्ने हो, जाने हो । आलोपालोमा आएको हो । पन्ध्र महिना प्रधानमन्त्री खाएर चौथो पटक पनि म प्रधानमन्त्री भएँ भनेर नाम लेखाउने, शान झार्ने बाहेक यो सरकारले केही पनि गर्दैन । यो सरकारप्रति कसैको अपेक्षा पनि छैन ।’
उहाँले कुटनीतिक र भूराजनीतिक सन्तुलनको सन्दर्भमा नयाँ सरकारबाट केही पनि अपेक्षा गर्न नसकिने बताउनुभयो । सरकारले अन्तर्राष्ट्रिय सम्बन्धमा सन्तुलन र परिपक्वता देखाउन नसक्ने उहाँको भनाई छ । छिमेकी दुई देशहरु भारत र चीनसँगको सम्बन्ध यथास्थितिमा रहने भन्दै सम्बन्धमा उल्लेखनीय घटना नहुने उहाँको भनाई छ । 

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

आलोकनगरमा समाजवादी मोर्चाको बैठक शुरु

Next Post

सिरिया छिमेकीसँगको सम्बन्ध सुधार गर्ने कुनैपनि पहलप्रति सकारात्मक छः सिरियाली राष्ट्रपति

Next Post

सिरिया छिमेकीसँगको सम्बन्ध सुधार गर्ने कुनैपनि पहलप्रति सकारात्मक छः सिरियाली राष्ट्रपति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन