Latest
सन्दर्भः संविधान दिवस (माधव नेपाल)
संसद सुचारु हुने रास्वपाको विश्वास
Next
Prev

भारतीय विदेश सचिव विक्रम मिस्रीले नेपाल भाषा परिषद्को नवनिर्मित भवनको उद्घाटन एवं अवलोकन

भारतीय विदेश सचिव विक्रम मिस्रीले नेपाल भाषा परिषद्को नवनिर्मित भवनको उद्घाटन एवं अवलोकन गर्नुभएको छ ।


दुई दिने नेपाल भ्रमणको क्रममा आईतवार बिहान काठमाडौं आइपुग्नुभएका उहाँले नरदेवीस्थित नेपाल भाषा परिषद्को नयाँ भवनको उद्घाटन एवं अवलोकन गर्नुभएको हो । सो भवन भारत सरकारको सहयोगमा निर्माण गरिएको हो । परराष्ट्रसचिव सेवा लम्सालको निमन्त्रणमा काठमाडौं आउनुभएका मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यतालिका छ । त्यस्तै उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहमन्त्री रमेश लेखकसँग भेट गर्ने कार्यक्रम रहेको छ । विदेश सचिव भएपछि मिश्रीको यो पहिलो नेपाल भ्रमण हो । आज साँझ परराष्ट्रसचिव लम्सालले समकक्षी मिश्रीलाई रात्रीभोज दिने कार्यक्रम पनि छ । सोमवार बिहान परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग भेट गरी सोमवार साँझ स्वदेश फर्किने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist