Latest
हिसान कास्कीमा दिवाकर जैसीको नेतृत्व
भद्रकालीमा विश्वकर्मा पूजा गर्नेहरुको भीड
Next
Prev

शिक्षा र स्वास्थ्य महंगो भयो, सरकारको ध्यान जाओस्ः शेखर कोईराला


नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले नेपालको शिक्षा महंगो भएको बताउनुभएको छ ।


मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संविधानमा सहजै शिक्षा र स्वास्थ्य निःशुल्क लेखेपनि कार्यान्वयन गर्न नसकेको बताउनु भयो । उहाँले शिक्षा र स्वास्थ्य हुने खानेले मात्रै गर्ने हो भन्ने हिसावले अघि बढिरहेको भन्दै दुःख व्यक्त गर्नुभयो । उहाँले शिक्षा र स्वास्थ्यको महंगी हटाउनुपर्ने बताउनु भयो । उहाँले सरकारी विद्यालयमा समेत अध्ययन गर्न नसक्ने अवस्था आइसकेको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो । 
उहाँले भन्नुभयो, ‘मलाई केही चिन्ता लागेको छ । हामीले संविधानमा बडा सजिलो गरी लेखिदिन सजिलो रहेछ । शिक्षा र स्वास्थ्यलाई निःशुल्क भन्यौँ । एजुकेशन यस्तो महंगो भइसकेको छ, त्यसको प्राइज कसरी घटाउने हो ? मानिस अब पढ्नै नजाने अवस्था भइसक्यो । सरकारी क्याम्पसहरुमा पनि विषयअनुसार पैसा छैन भने पढ्नै नसक्ने अवस्था छ । हेल्थको हेर्दापनि दिनप्रतिदिन बढ्दो अवस्थामा छ । यसले हुने खानेले मात्रै पढ्ने हो की, नसक्नेले पनि जानसक्ने बनाउनुपर्ने हो त्यतातिर पनि हाम्रो ध्यान जान सक्नुपर्छ । सरकारको धयन त्यतातिर हामीले पु¥याउनुपर्छ ।’


नेता कोईरालाले आफ्ना सन्तानलाई पढाउनसक्ने अवस्था नै नरहेको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist