• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

खोकनामा रुद्रायणी जात्रा शुरु

नीतिप्रेस by नीतिप्रेस
August 20, 2024
in धर्म/संस्कृति, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

काठमाडौं उपत्यकाको नेवारी समुदायको चाडपर्वको केन्द्र मानिने खोकनामा रुद्रायणी जात्रा शुरु भएको छ ।


खोकनामा रहेकी रुद्रायणीलाई सिकाली चौरमा लगेर तान्त्रिक विधिअनुसार पूजा गर्ने चलन रहेको छ । खोकनाको मन्दिरमा पूर्णिमाको दिन(हिजो) विशेष पूजा गरेर रुद्रायणीलाई जात्राको लागि तयार गरिन्छ । यसपछि सिकाली चौरमा लगिएको रुद्रायणीलाई खोकनाका विभिन्न पाटीहरुमा दर्शन र पूजाका लागि ल्याइन्छ । पौराणिक कालमा रुद्रायणीको पूजा र जात्रा महिना दिनसम्म चल्ने भएपनि यसलाई छोट्याएर अहिले ३ दिनमा सारिएको हो । यस समयको पूजालाई नेवारी समुदायले ‘घँज्या’ भन्दछन् । यस्तै भोलि फर्सि र काँक्रोको पूजा गर्दै यो जात्रा समापन गरिन्छ । खोकनाको रुद्रायणीको जात्रा कृषिसँग जोडिएको स्थानियको मत रहेको छ । ‘सि’ भनेको फलफूल र ‘काली’ भनेको फल्ने ठाउँ भएर काठमाडौं उपत्यका आफैँ सिकाली रहेको भनिन्छ । यो जात्रामा विशेषगरी फलफुल दान गर्ने चलन छ ।
न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै स्थानीय उदयकुमार डंगोलले रुद्रायणी मन्दिरमा रहेका देवताहरुलाई खटमा निकालेर सिकाली चौरमा पु¥याइ पुजाआजा गरी रुद्रायणी जात्रा मनाउने गरिएको बताउनु भयो । उहाँले सिकाली चौरमा पु¥याएर विधिपूर्वक देवताहरुको पूजाआजा गरेपछि देवताहरुलाई पुनः रुद्रायणी मन्दिरमा फिर्ता ल्याइन्छ र फिर्ता ल्याउने पनि आफ्नै विधिसम्मत तरिका रहेको बताउनु भयो । उहाँकाअनुसार देवतालाई खटमा बसाएर बाजागाजासहित नाचगान गर्दै ल्याएर पुनः रुद्रायणी मन्दिरमै देवतालाई पुनःस्थापित गरिन्छ । पुजाआजा सम्पन्न भएपश्चात मन्दिरमा भोज गरिन्छ । र राति डबलीमा गएर जात्रा गर्ने परम्परा रहदै आएको छ । उहाँले खोकनामा गाइजात्रा भने भोलि मात्रै मनाइने बताउनु भयो । भोलि मृतकको परिवारबाट एक वर्षभित्र साफर जाने भनि कार्यक्रम गरिने र भोलि पनि देवगणहरुको विशेष पूजासहित भोजन हुने उहाँको भनाई छ ।


स्थानीय ईश्वर डंगोलले हिजो क्वाँटी खाने दिनमा भ्यागुतालाई भात खुवाउने चलन रहेको बताउनु भयो । भ्यागुतालाई खुवाएर राखिराखेको भागबाट आज बेलुका औजारहरु पूजा प्रचलन रहेको पनि उहाँले जानकारी दिनुभयो । उहाँले कुनै घरको परिवारका सदस्यको निधन भएको छ भने सो परिवारले दान गर्ने चलन रहेको बताउनु भयो ।


खोकनाका नेवारी समुदायले रुद्रायणीको जात्रालाई निकै हर्षोल्लासका साथ मनाउने गरेका छन् । परम्परा जोगाउनका लागि पछिल्लो पुस्ताहरुको पनि उत्तिकै साथ रहेको स्थानीयले बताएका छन् ।

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

प्राविधिक अध्ययन गरेर च्यासल क्षेत्रको डुबान रोक्छौंः भौतिकमन्त्री दाहाल

Next Post

शिक्षा र स्वास्थ्य महंगो भयो, सरकारको ध्यान जाओस्ः शेखर कोईराला

Next Post

शिक्षा र स्वास्थ्य महंगो भयो, सरकारको ध्यान जाओस्ः शेखर कोईराला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन