पोखरा । पोखरा महानगरपालिका वडा नं १९ तल्लाकोटस्थित विन्ध्येश्वरी युवा क्लबको अध्यक्षमा थमकुमार केसी निर्वाचित भएका छन् ।
संस्थाको २७औँ बार्षिक साधारणसभा तथा सातौँ अधिवेशनले केसीलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।
संस्थाको उपाध्यक्षमा श्रीराम आचार्य, महासचिवमा दीपेन्द्र ढुंगाना, सचिवमा सूर्यनारायण अधिकारी, कोषाध्यक्षमा मानबहादुर केसी छन् ।
यस्तै, कार्यसमिति सदस्यमा बिदुर आचार्य, आकाश परियार गंगाधर आचार्य, गुणराज बास्तोला, भोजबहादुर केसी, प्रेमबहादुर भुजेल, शंकर केसी, स्वस्तिका नेपाली र लक्ष्मण बिक छन् ।
विकास आचार्य संयोजक तथा रमेश केसी र मीनराज ढुंगाना सदस्य रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति चयन गरेको हो ।






