Latest
सन्दर्भः संविधान दिवस (माधव नेपाल)
संसद सुचारु हुने रास्वपाको विश्वास
Next
Prev

वर्तमान सरकारले फलानो अपराधी नसमाउ भनेर आदेश दिँदैनः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार मुलकमा सही कुरालाई अघि बढाउने संकल्पका साथ बनेको बताउनुभएको छ ।


अहिलेको सरकार बनेको एउटा सरकारको ठाउँमा अर्को सरकारको रुपमा नआई एउटा प्रवृत्तिको ठाउँमा अर्को नयाँ प्रवृत्ति, अस्थिरताको ठाउँमा स्थिरता, विभिन्न खालका बेठिक प्रवृत्तिको ठाउँमा ठिक प्रवृत्ति र ठिक प्रवृत्तिलाई अगाडि बढाउने संकल्पका साथ आएको प्रधानमन्त्री ओलीको भनाई थियो । जिल्ला प्रहरी परिसर काठमाडौंको सोमवार जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवन उद्घाटन गर्दै उहाँले अपराध हुनै नदिने कुरामा ध्यान दिन पनि नेपाल प्रहरीलाई निर्देशन दिनुभयो । अपराध कसैले गराउन खोजेको छ भने त्यसलाई पहिले नै पत्ता लगाउने र नियन्त्रण गर्नेगरी नेपाल प्रहरीलाई काम गर्न सचेत गराउँदै प्रधानमन्त्री ओलीले त्यस काममा सरकारले कुनैपनि खालको हस्तक्षेप नगर्ने बताउनु भयो । उहाँले अपराध गर्नेहरुलाई पहिलेनै सचेत बनाउने गरी अभियान चलाउन सकिए समाजमा अपराधिक घटना हुन नपाउने उल्लेख गर्दै त्यस अभियानमा प्रहरीले चनाखो भएर अघि बढ्नुपर्ने बताउनु भयो । प्रधानमन्त्री ओलीले संविधान र कानूनले मार्ग निर्देश गरे अनुसार चल्न पनि प्रहरीहरुलाई आग्रह गर्नुभयो । वर्तमान सरकारले फलानोलाई फसाउ भन्ने आदेश प्रहरीलाई नदिने भन्दै प्रधानमन्त्री ओलीले ढुक्कका साथ आफ्नो कामालई अघि बढाउन पनि प्रहरीको ध्यानाकर्षण गराउनु भयो । राज्यको शक्ति दूरुपयोग गरेर निर्दोषलाई दोषी करार गर्ने काम भनेको अपराधिक क्रियाकलाप भएकाले राज्यको तर्फबाट निर्दोषलाई दोषी करार गर्ने काम हुनै नसक्ने प्रधानमन्त्री ओलीले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘अपराधको रोकथाम, अपराध हुनै नदिने पहिलो कुरा । यसलाई हामीले छानविन, अनुसन्धान भन्दा कम महत्व दिनु हुँदैन । अपराध हुनै नपाओस भन्ने कुरामा ध्यान दिन, त्यसका निम्ति म तपाईहरुलाई सुझाव भन्न चाहन्छु–पुरानो घुमुवाको तरिकाबाट कुनै पनि उपलब्धि हुनेवाला छैन । पुरानो घुमुवाको तरिका होइन, नयाँ तरिकाले अव यसलाई विकास गर्नु पर्छ । तपाईहरुको अनुसन्धान भन्दा अगाडिको अनुसन्धान अपराध घटिसकेपछिको अनुसन्धान होइन कि अपराध कसैले गराउन खोजेको छ भने त्यसलाई पहिलेनै पत्ता लगाउने र नियन्त्रण गर्ने अनुसन्धान । त्यो धेरै महत्वपूर्ण छ । त्यसो भयो भने समाजमा धेरै क्षति हुँदैन । समाजमा अपराध हुँदैन । अपराधिक मानसिकता फैलिन पाउँदैन । सोच्ने वित्तिकै प्रहरीले थाहा पाउँछ भन्ने परोस । अपराधको बारेमा सोच्ने वित्तिकै प्रहरीले थाहा पाउँछ । र, त्यसलाई नियन्त्रण गरिहाल्छ भन्ने कुरा मान्छेलाई परोस । तपाईहरुले धेरै प्रशंशनीय कामहरु गर्नु भएको छ । बाद्यबादनमा तपाईहरु त्यत्तिकै हुुनुहुन्छ । खेलकुदमा त्यत्तिकै हुनुहुन्छ । अथवा तपाईहरुले आफ्नो संस्कृति, रितीरिवाज आदि इत्यादि देखि लिएर अनेक पक्षहरु आफनो कठोर सेवा मात्रै होइन । तपाईहरुको सेवा पनि कठोर छ । त्यो कठोर सेवाका बीचबाट तपाईहरु कहिले परोपकारका काम, कहिले के काम, अनेक खालका कामहरु गरिराखेको हुनुहुन्छ । तपाईहरुले आफूलाई अपडेट गर्नका लागि प्रशिक्षण, अध्ययनलाई पनि निरन्तरता दिनु भएको छ । तपाईहरुले राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा सुरक्षाको प्रबन्धको क्षेत्रमा देश भित्रमात्र होइन । भन्न खोजेको अन्तराष्ट्रिय क्षेत्रमा पनि योगदान गर्नु भएको छ । म नेपाल प्रहरीका कामहरुको उच्च मूल्यांकन गर्न चाहन्छु । प्रशंशा गर्न चाहन्छु । र तपाईहरुलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु । अव परिस्थिति परिवर्तित भएको छ । हिजोकै जस्तो परिस्थिति छैन । मैले हाम्रो समयको हिरासत र आजको हिरासत हेरेँ । आकाश जमिनको फरक छ । आज प्रहरीको मानसिकता फरक छ । अन्य कुराहरु शिक्षा, तालिमलगायतका अन्य कुराहरुले पनि तपाईहरुलाई मानवियतालाई महत्व दिएर काम गर्न प्ररित गरिरहेको छ । र, म खुशी व्यक्त गर्न चाहन्छ । म भन्न चाहन्छु कि अहिलेको सरकार बनेको एउटा सरकारको ठाउँमा अर्को सरकार आयो, एउटा समिकरणको ठाउँमा अर्को समिकरण बन्यो होइन । एउटा प्रवृत्तिको ठाउँमा अर्को नयाँ प्रवृत्ति, अस्थिरताको ठाउँमा स्थिरता, विभिन्न खालका बेठिक प्रवृत्तिको ठाउँमा ठिक प्रवृत्ति र ठिक प्रवृत्तिलाई अगाडि बढाउने संकल्पका साथ यो सरकार बन्या छ । तपाईहरुलाई म भन्न चाहन्छु । तपाईहरु कानुन बमोजिम चल्नुस, संविधान र कानूनले तपाईहरुलाई मार्गदर्शन गर्छ । त्यो बमोजिम चल्नुस तपाईहरु संविधान र कानून बमोजिम । तपाईहरुका काम, कर्तव्य, तपाईहरुका अधिकारहरु त्यहाँ निर्दिष्ट छ । त्यसै अनुसार अघि बढनुस । अहिलेको सरकारले फलानो अपराधि हो तर नसमाउ भनेर आदेश दिँदैन । अहिलेको सरकारले फलानोलाई फसाउ भन्ने तपाईहरुलाई आदेश दिँदैन । ढुक्कले काम गर्नुस । निर्दोष मान्छे फसाउनु राज्य भएर, राज्यको शक्ति दूरुपयोग गरेर निर्दोषलाई दोषी करार गर्ने काम भनेको अपराधिक क्रियाकलाप हो । राज्यको तर्फबाट गरिने अपराधिक क्रियाकलाप हो । त्यसकारण कसैलाई निर्दोशितामा दोषी करार गर्ने प्रयास हुँदैन । तपाईहरु ढुक्कले काम गर्नुस । अब प्रहरीलाई हामी प्रोत्साहित पनि गर्छौं । ’


त्यस अवसरमा प्रधानमन्त्री ओलीले नेपाल प्रहरीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रशंशनीय काम गरेको उल्लेख गर्दै उनीहरुलाई प्रोत्साहित गर्न सरकार तयार रहेको बताउनु भयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist