• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

वर्तमान सरकारले फलानो अपराधी नसमाउ भनेर आदेश दिँदैनः प्रधानमन्त्री ओली

नीतिप्रेस by नीतिप्रेस
August 26, 2024
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार मुलकमा सही कुरालाई अघि बढाउने संकल्पका साथ बनेको बताउनुभएको छ ।


अहिलेको सरकार बनेको एउटा सरकारको ठाउँमा अर्को सरकारको रुपमा नआई एउटा प्रवृत्तिको ठाउँमा अर्को नयाँ प्रवृत्ति, अस्थिरताको ठाउँमा स्थिरता, विभिन्न खालका बेठिक प्रवृत्तिको ठाउँमा ठिक प्रवृत्ति र ठिक प्रवृत्तिलाई अगाडि बढाउने संकल्पका साथ आएको प्रधानमन्त्री ओलीको भनाई थियो । जिल्ला प्रहरी परिसर काठमाडौंको सोमवार जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवन उद्घाटन गर्दै उहाँले अपराध हुनै नदिने कुरामा ध्यान दिन पनि नेपाल प्रहरीलाई निर्देशन दिनुभयो । अपराध कसैले गराउन खोजेको छ भने त्यसलाई पहिले नै पत्ता लगाउने र नियन्त्रण गर्नेगरी नेपाल प्रहरीलाई काम गर्न सचेत गराउँदै प्रधानमन्त्री ओलीले त्यस काममा सरकारले कुनैपनि खालको हस्तक्षेप नगर्ने बताउनु भयो । उहाँले अपराध गर्नेहरुलाई पहिलेनै सचेत बनाउने गरी अभियान चलाउन सकिए समाजमा अपराधिक घटना हुन नपाउने उल्लेख गर्दै त्यस अभियानमा प्रहरीले चनाखो भएर अघि बढ्नुपर्ने बताउनु भयो । प्रधानमन्त्री ओलीले संविधान र कानूनले मार्ग निर्देश गरे अनुसार चल्न पनि प्रहरीहरुलाई आग्रह गर्नुभयो । वर्तमान सरकारले फलानोलाई फसाउ भन्ने आदेश प्रहरीलाई नदिने भन्दै प्रधानमन्त्री ओलीले ढुक्कका साथ आफ्नो कामालई अघि बढाउन पनि प्रहरीको ध्यानाकर्षण गराउनु भयो । राज्यको शक्ति दूरुपयोग गरेर निर्दोषलाई दोषी करार गर्ने काम भनेको अपराधिक क्रियाकलाप भएकाले राज्यको तर्फबाट निर्दोषलाई दोषी करार गर्ने काम हुनै नसक्ने प्रधानमन्त्री ओलीले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘अपराधको रोकथाम, अपराध हुनै नदिने पहिलो कुरा । यसलाई हामीले छानविन, अनुसन्धान भन्दा कम महत्व दिनु हुँदैन । अपराध हुनै नपाओस भन्ने कुरामा ध्यान दिन, त्यसका निम्ति म तपाईहरुलाई सुझाव भन्न चाहन्छु–पुरानो घुमुवाको तरिकाबाट कुनै पनि उपलब्धि हुनेवाला छैन । पुरानो घुमुवाको तरिका होइन, नयाँ तरिकाले अव यसलाई विकास गर्नु पर्छ । तपाईहरुको अनुसन्धान भन्दा अगाडिको अनुसन्धान अपराध घटिसकेपछिको अनुसन्धान होइन कि अपराध कसैले गराउन खोजेको छ भने त्यसलाई पहिलेनै पत्ता लगाउने र नियन्त्रण गर्ने अनुसन्धान । त्यो धेरै महत्वपूर्ण छ । त्यसो भयो भने समाजमा धेरै क्षति हुँदैन । समाजमा अपराध हुँदैन । अपराधिक मानसिकता फैलिन पाउँदैन । सोच्ने वित्तिकै प्रहरीले थाहा पाउँछ भन्ने परोस । अपराधको बारेमा सोच्ने वित्तिकै प्रहरीले थाहा पाउँछ । र, त्यसलाई नियन्त्रण गरिहाल्छ भन्ने कुरा मान्छेलाई परोस । तपाईहरुले धेरै प्रशंशनीय कामहरु गर्नु भएको छ । बाद्यबादनमा तपाईहरु त्यत्तिकै हुुनुहुन्छ । खेलकुदमा त्यत्तिकै हुनुहुन्छ । अथवा तपाईहरुले आफ्नो संस्कृति, रितीरिवाज आदि इत्यादि देखि लिएर अनेक पक्षहरु आफनो कठोर सेवा मात्रै होइन । तपाईहरुको सेवा पनि कठोर छ । त्यो कठोर सेवाका बीचबाट तपाईहरु कहिले परोपकारका काम, कहिले के काम, अनेक खालका कामहरु गरिराखेको हुनुहुन्छ । तपाईहरुले आफूलाई अपडेट गर्नका लागि प्रशिक्षण, अध्ययनलाई पनि निरन्तरता दिनु भएको छ । तपाईहरुले राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा सुरक्षाको प्रबन्धको क्षेत्रमा देश भित्रमात्र होइन । भन्न खोजेको अन्तराष्ट्रिय क्षेत्रमा पनि योगदान गर्नु भएको छ । म नेपाल प्रहरीका कामहरुको उच्च मूल्यांकन गर्न चाहन्छु । प्रशंशा गर्न चाहन्छु । र तपाईहरुलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु । अव परिस्थिति परिवर्तित भएको छ । हिजोकै जस्तो परिस्थिति छैन । मैले हाम्रो समयको हिरासत र आजको हिरासत हेरेँ । आकाश जमिनको फरक छ । आज प्रहरीको मानसिकता फरक छ । अन्य कुराहरु शिक्षा, तालिमलगायतका अन्य कुराहरुले पनि तपाईहरुलाई मानवियतालाई महत्व दिएर काम गर्न प्ररित गरिरहेको छ । र, म खुशी व्यक्त गर्न चाहन्छ । म भन्न चाहन्छु कि अहिलेको सरकार बनेको एउटा सरकारको ठाउँमा अर्को सरकार आयो, एउटा समिकरणको ठाउँमा अर्को समिकरण बन्यो होइन । एउटा प्रवृत्तिको ठाउँमा अर्को नयाँ प्रवृत्ति, अस्थिरताको ठाउँमा स्थिरता, विभिन्न खालका बेठिक प्रवृत्तिको ठाउँमा ठिक प्रवृत्ति र ठिक प्रवृत्तिलाई अगाडि बढाउने संकल्पका साथ यो सरकार बन्या छ । तपाईहरुलाई म भन्न चाहन्छु । तपाईहरु कानुन बमोजिम चल्नुस, संविधान र कानूनले तपाईहरुलाई मार्गदर्शन गर्छ । त्यो बमोजिम चल्नुस तपाईहरु संविधान र कानून बमोजिम । तपाईहरुका काम, कर्तव्य, तपाईहरुका अधिकारहरु त्यहाँ निर्दिष्ट छ । त्यसै अनुसार अघि बढनुस । अहिलेको सरकारले फलानो अपराधि हो तर नसमाउ भनेर आदेश दिँदैन । अहिलेको सरकारले फलानोलाई फसाउ भन्ने तपाईहरुलाई आदेश दिँदैन । ढुक्कले काम गर्नुस । निर्दोष मान्छे फसाउनु राज्य भएर, राज्यको शक्ति दूरुपयोग गरेर निर्दोषलाई दोषी करार गर्ने काम भनेको अपराधिक क्रियाकलाप हो । राज्यको तर्फबाट गरिने अपराधिक क्रियाकलाप हो । त्यसकारण कसैलाई निर्दोशितामा दोषी करार गर्ने प्रयास हुँदैन । तपाईहरु ढुक्कले काम गर्नुस । अब प्रहरीलाई हामी प्रोत्साहित पनि गर्छौं । ’


त्यस अवसरमा प्रधानमन्त्री ओलीले नेपाल प्रहरीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रशंशनीय काम गरेको उल्लेख गर्दै उनीहरुलाई प्रोत्साहित गर्न सरकार तयार रहेको बताउनु भयो । 

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

स्वास्थ्य क्षेत्रमा धेरै समस्या छन्ः स्वास्थ्यमन्त्री पौडेल

Next Post

सरकारले संघीयता र समावेशीतालाई दृढतापूर्वक कार्यान्वयन गर्छः गृहमन्त्री लेखक

Next Post

सरकारले संघीयता र समावेशीतालाई दृढतापूर्वक कार्यान्वयन गर्छः गृहमन्त्री लेखक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन