Latest
हिसान कास्कीमा दिवाकर जैसीको नेतृत्व
भद्रकालीमा विश्वकर्मा पूजा गर्नेहरुको भीड
Next
Prev

विपीको योगदान नयाँ पुस्ताले भुल्न हुँदैनः वरिष्ठ पत्रकार कोईराला

रिष्ठ पत्रकार कमल कोईरालाले विपी कोईरालालाई साहित्यिक पत्रकारको रुपमा चित्रण गर्नुभएको छ ।


१११ औं विपी जयन्तिको अवसर पारेर नेपाल प्रेस युनियनले काठमाडांैमा आयोजना गरेको ‘पत्रकारिताका सन्दर्भमा विपी’ विषयक प्रवचन कार्यक्रम बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । तत्कालीन अवस्थामा शारदा नामक साहित्यिक पत्रिकामा विपीले साहित्यिक पत्रकारको रुपमा लेख, रचनाहरु प्रकाशित गर्ने गरेको वरिष्ठ पत्रकार कोईरालाले स्मरण गराउनु भयो । उहाँले विपीले नेपालको राजनीतिक, साहित्यिक क्षेत्रमा पु¥याएको योगदान नयाँ पुस्ताले भुल्न नहुने धारणा पनि राख्नु भयो । 
वरिष्ठ पत्रकार कोइरालाले भन्नुभयो, ‘विपी कोईराला नेपालको पत्रकार पनि हो । शारदालगायतका साहित्यिक पत्रिकाको उहाँ गुप्त प्रकाशक नै हुनु भयो । विपी कोईरालाले सशस्त्र क्रान्तिको शुरु गरेर गल्ती गर्नुभयो । तर पछि फेरि फर्केर स्वदेश आउनु भयो । उहाँले मुलुकको राजनीतिक, साहित्यिकलगायतका धेरै योगदान दिनुभएको छ । ’


वरिष्ठ पत्रकार कोईरालाले विपीले सशस्त्र क्रान्तिको नेतृत्व गरेर भारत निर्वासनमा जाने कुरामा पनि भने गल्ती गरेको बताउनु भयो । 
अर्को वरिष्ठ पत्रकार एवं नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष हरिहर विरहीले विपीले सबै पत्रकारहरुmलाई सम्मान गर्ने गरेको बताउनु भयो । उहाँले विपीले लोकतन्त्रलाई स्थापित गराउनका लागि एउटा मुखपत्रको रुपमा पत्रिका संचालन गर्ने सोच राखे पनि त्यो अधुरो रहेको बताउनु भयो । 
वरिष्ठ पत्रकार विरहीले भन्नुभयो,‘विपीले पत्रकारिता क्षेत्रलाई सम्मान, सहयोग, सल्लाह पनि दिनुहुन्थ्यो । र संरक्षण गर्नु हुन्थ्यो । यो आफ्नो र यो अरुको भनेर उहाँ सोच्नु हुन्नथ्यो । वनारसमा यहाँबाट कयौं पत्रकारहरु उहाँको विचारलाई बुझ्नका लागि जाने गर्नु हुन्थ्यो । तर उहाँले शंकास्पद मान्छे हो भन्ने थाहा पाएर पनि उहाँ सहज रुपमा भेट्नुहुन्थ्यो । कुराकानी गर्नुहुन्थ्यो । यताको जानकारी लिनु हुन्थ्यो । आफ्नो विचार निर्धक्कसँग भन्नुहुन्थ्यो । र ती मेरो विचारहरु छाप्न सक्दैनौं होला पनि भन्नुहुन्थ्यो । तर उल्टै आएर विपी शानले बसेको रहेछ । सुरक्षा गार्ड पनि भारत सरकारले दिएको रहेछ भनेर झ उल्टो कुरा यहाँ लेखिरहेका हुन्थे । त्यही गर्लान भन्ने थाहा पाउँदापाउँदै पनि विपी यो भेदभाव गर्नुभएन कि यो कम्युनिष्ट हो । अथवा यो राजावादी हो । अथवा यो को हो भनेर उहाँले व्यक्ति हेरेर भन्नुभएन । उहाँले सबैलाई समान रुपको व्यवहार गरेर उद्धार व्यवहार प्रर्दशन गर्नु भयो । यो अहिलेका राजनीतिक कर्मीहरुले, राजनीतिज्ञहरुले सिक्नुपर्ने धेरै कुराहरु रहेका छन् विपीबाट । देशलाई बचाउने, जोगाउने र मुलुकका सबै जाति र वर्गबीच सम्बन्ध बढाउने कुरामा उहाँको योगदानको धेरै नै चर्चा भईरहेको हुन्छ ।’


वरिष्ठ पत्रकार किशोर नेपालले विपी कोईरालाले मुलुकका लागि ठूलो योगदान दिएको उल्लेख गर्दै त्यसबाट सिकेर अघि बढ्न नयाँ पुस्ताका पत्रकारहरुलाइ पनि आग्रह गर्नुभयो । उहाँले नयाँ पुस्ताका पत्रकारहरुले नेपाली भाषाको दोहन हुन नदिने गरी पत्रकारिता गर्नुपर्ने आवश्यकता पनि औंल्याउनु भयो । 
वरिष्ठ पत्रकार नेपालले भन्नुभयो, ‘विपी कोईरालाले धेरै ठूलो काम गरेर जानुभयो । हामीले त्यस्तो केही काम गर्न सकेका छैनौं । जेजति ठूला काम भएका छन् । त्यो पनि भत्किने बेला भएको छ जस्तो लाग्छ कहिलेकाँही । अहिलेको सामाजिक सञ्जालको अवस्था हेर्दाखरी, पत्रपत्रिकाको अवस्था हेर्दाखेरी, अहिलेका रेडियोहरु हेर्दाखेरी यो देशमा देशप्रतिको जवाफदेहिता नै छैन । आफँैप्रति केन्द्रित छौं समाज । यस्तो आफैँप्रति केन्द्रित समाजलाई सुधार्नु, त्यसलाई लयमा लिएर आउनु, गति दिनु भनेको धेरै कुरा हो । नयाँ पत्रकार साथीहरुले हामीले कति गर्नसक्यौँ, कति सकेनौं ? तर नयाँ आउने पत्रकार साथीहरुले भोलिको नेपाल, भोलिको नेपाली सञ्चार, भोलीको नेपाली समाजलाई प्रतिनिधित्व गरेर पत्रपत्रिका, रेडियो जे होस अनलाईन । ती सबैलाई बलियो बनाउनुस् । आफ्नो भाषामा संयम हुनुस् । हाम्रो भाषाको दोहन हुन थालेको छ । त्यसको सही प्रयाग गर्न जान्नुप¥यो । हामी खाली टेक्निकल्ली इन्टरनेटमा गयौँ भनेर नेपाली भाषालाई नबिर्सनु होला ।’


वरिष्ठ पत्रकार नेपालले आफैप्रति केन्द्रित नेपाली समाजलाई देश र जनताको पक्षमा लैजाने काममा पनि पत्रकारहरुले विशेष भुमिका निर्वाह गर्नुपर्ने बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist