• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

विपीको योगदान नयाँ पुस्ताले भुल्न हुँदैनः वरिष्ठ पत्रकार कोईराला

नीतिप्रेस by नीतिप्रेस
September 8, 2024
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

रिष्ठ पत्रकार कमल कोईरालाले विपी कोईरालालाई साहित्यिक पत्रकारको रुपमा चित्रण गर्नुभएको छ ।


१११ औं विपी जयन्तिको अवसर पारेर नेपाल प्रेस युनियनले काठमाडांैमा आयोजना गरेको ‘पत्रकारिताका सन्दर्भमा विपी’ विषयक प्रवचन कार्यक्रम बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । तत्कालीन अवस्थामा शारदा नामक साहित्यिक पत्रिकामा विपीले साहित्यिक पत्रकारको रुपमा लेख, रचनाहरु प्रकाशित गर्ने गरेको वरिष्ठ पत्रकार कोईरालाले स्मरण गराउनु भयो । उहाँले विपीले नेपालको राजनीतिक, साहित्यिक क्षेत्रमा पु¥याएको योगदान नयाँ पुस्ताले भुल्न नहुने धारणा पनि राख्नु भयो । 
वरिष्ठ पत्रकार कोइरालाले भन्नुभयो, ‘विपी कोईराला नेपालको पत्रकार पनि हो । शारदालगायतका साहित्यिक पत्रिकाको उहाँ गुप्त प्रकाशक नै हुनु भयो । विपी कोईरालाले सशस्त्र क्रान्तिको शुरु गरेर गल्ती गर्नुभयो । तर पछि फेरि फर्केर स्वदेश आउनु भयो । उहाँले मुलुकको राजनीतिक, साहित्यिकलगायतका धेरै योगदान दिनुभएको छ । ’


वरिष्ठ पत्रकार कोईरालाले विपीले सशस्त्र क्रान्तिको नेतृत्व गरेर भारत निर्वासनमा जाने कुरामा पनि भने गल्ती गरेको बताउनु भयो । 
अर्को वरिष्ठ पत्रकार एवं नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष हरिहर विरहीले विपीले सबै पत्रकारहरुmलाई सम्मान गर्ने गरेको बताउनु भयो । उहाँले विपीले लोकतन्त्रलाई स्थापित गराउनका लागि एउटा मुखपत्रको रुपमा पत्रिका संचालन गर्ने सोच राखे पनि त्यो अधुरो रहेको बताउनु भयो । 
वरिष्ठ पत्रकार विरहीले भन्नुभयो,‘विपीले पत्रकारिता क्षेत्रलाई सम्मान, सहयोग, सल्लाह पनि दिनुहुन्थ्यो । र संरक्षण गर्नु हुन्थ्यो । यो आफ्नो र यो अरुको भनेर उहाँ सोच्नु हुन्नथ्यो । वनारसमा यहाँबाट कयौं पत्रकारहरु उहाँको विचारलाई बुझ्नका लागि जाने गर्नु हुन्थ्यो । तर उहाँले शंकास्पद मान्छे हो भन्ने थाहा पाएर पनि उहाँ सहज रुपमा भेट्नुहुन्थ्यो । कुराकानी गर्नुहुन्थ्यो । यताको जानकारी लिनु हुन्थ्यो । आफ्नो विचार निर्धक्कसँग भन्नुहुन्थ्यो । र ती मेरो विचारहरु छाप्न सक्दैनौं होला पनि भन्नुहुन्थ्यो । तर उल्टै आएर विपी शानले बसेको रहेछ । सुरक्षा गार्ड पनि भारत सरकारले दिएको रहेछ भनेर झ उल्टो कुरा यहाँ लेखिरहेका हुन्थे । त्यही गर्लान भन्ने थाहा पाउँदापाउँदै पनि विपी यो भेदभाव गर्नुभएन कि यो कम्युनिष्ट हो । अथवा यो राजावादी हो । अथवा यो को हो भनेर उहाँले व्यक्ति हेरेर भन्नुभएन । उहाँले सबैलाई समान रुपको व्यवहार गरेर उद्धार व्यवहार प्रर्दशन गर्नु भयो । यो अहिलेका राजनीतिक कर्मीहरुले, राजनीतिज्ञहरुले सिक्नुपर्ने धेरै कुराहरु रहेका छन् विपीबाट । देशलाई बचाउने, जोगाउने र मुलुकका सबै जाति र वर्गबीच सम्बन्ध बढाउने कुरामा उहाँको योगदानको धेरै नै चर्चा भईरहेको हुन्छ ।’


वरिष्ठ पत्रकार किशोर नेपालले विपी कोईरालाले मुलुकका लागि ठूलो योगदान दिएको उल्लेख गर्दै त्यसबाट सिकेर अघि बढ्न नयाँ पुस्ताका पत्रकारहरुलाइ पनि आग्रह गर्नुभयो । उहाँले नयाँ पुस्ताका पत्रकारहरुले नेपाली भाषाको दोहन हुन नदिने गरी पत्रकारिता गर्नुपर्ने आवश्यकता पनि औंल्याउनु भयो । 
वरिष्ठ पत्रकार नेपालले भन्नुभयो, ‘विपी कोईरालाले धेरै ठूलो काम गरेर जानुभयो । हामीले त्यस्तो केही काम गर्न सकेका छैनौं । जेजति ठूला काम भएका छन् । त्यो पनि भत्किने बेला भएको छ जस्तो लाग्छ कहिलेकाँही । अहिलेको सामाजिक सञ्जालको अवस्था हेर्दाखरी, पत्रपत्रिकाको अवस्था हेर्दाखेरी, अहिलेका रेडियोहरु हेर्दाखेरी यो देशमा देशप्रतिको जवाफदेहिता नै छैन । आफँैप्रति केन्द्रित छौं समाज । यस्तो आफैँप्रति केन्द्रित समाजलाई सुधार्नु, त्यसलाई लयमा लिएर आउनु, गति दिनु भनेको धेरै कुरा हो । नयाँ पत्रकार साथीहरुले हामीले कति गर्नसक्यौँ, कति सकेनौं ? तर नयाँ आउने पत्रकार साथीहरुले भोलिको नेपाल, भोलिको नेपाली सञ्चार, भोलीको नेपाली समाजलाई प्रतिनिधित्व गरेर पत्रपत्रिका, रेडियो जे होस अनलाईन । ती सबैलाई बलियो बनाउनुस् । आफ्नो भाषामा संयम हुनुस् । हाम्रो भाषाको दोहन हुन थालेको छ । त्यसको सही प्रयाग गर्न जान्नुप¥यो । हामी खाली टेक्निकल्ली इन्टरनेटमा गयौँ भनेर नेपाली भाषालाई नबिर्सनु होला ।’


वरिष्ठ पत्रकार नेपालले आफैप्रति केन्द्रित नेपाली समाजलाई देश र जनताको पक्षमा लैजाने काममा पनि पत्रकारहरुले विशेष भुमिका निर्वाह गर्नुपर्ने बताउनु भयो ।

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

ऋषि पञ्चमी पर्वमा टेकुस्थित ऋषेश्वर मन्दिरमा भक्तजनको भीड

Next Post

नेपालमा एक वर्षमा ७ हजार २२३ जनाले गरे आत्महत्या

Next Post

नेपालमा एक वर्षमा ७ हजार २२३ जनाले गरे आत्महत्या

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन