• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

नेपालमा एक वर्षमा ७ हजार २२३ जनाले गरे आत्महत्या

नीतिप्रेस by नीतिप्रेस
September 8, 2024
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

नेपालमा आर्थिक वर्ष २०८०÷०८१ मा ७ हजार २२३ जनाले आत्महत्या गरेका छन् ।


आईतवार विश्व आत्महत्या रोकथाम दिवसको उपलक्ष्यमा काठमाडौंमा आयोजित कार्यक्रममा सो तथ्यांकबारे जानकारी गराइएको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले नेपालको हकमा गत आर्थिक वर्ष २०८०÷०८१ मा ७ हजार २२३ जनाले आत्महत्या गरेको बताउनु भयो । उहाँले नेपालमा सरदर दिनमा २० जनाले आत्महत्या गर्ने गरेको तथ्यांकले देखाएको बताउनु भयो । एसडिजीको लक्ष्य ४.७ मा झार्ने भएपनि आत्महत्याको दर झनै बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो । नेपालमा वयस्कमा ६.५ प्रतिशत र ३.९ प्रतिशत किशोरकिशोरीले आत्महत्या गर्ने सोच राख्ने गरेको र १५ देखि ४५ वर्षका प्रजजन उमेर समूहका महिलाहरुको मृत्युको पहिलो कारण आत्महत्या रहेको बताउनु भयो । उहाँकाअनुसार आत्महत्याका धेरै कारणहरुमध्ये बायोलोजिकल कुरा, मानसिक रोग, फिजिकल, साइकोसोसियल, साइकोलोजिकल कारण रहेको बताउनु भयो । त्यस्तै सामाजिक, सांस्कृतिक र आर्थिक कारणले पनि आत्महत्या गर्ने गरेको बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘आत्महत्याका धेरै कारणहरु छन् । सबै व्यक्तिमा एउटै कारण त हुन्न । तर मुख्य कारणहरु हेर्दा बायोलोजिकल कुराहरु, मानसिक रोगका कुराहरु पनि छन् । फिजिकल, साइकोसोसियल, साइकोलोजिकल कारण पनि छन् । सामाजिक र सांस्कृतिक कारणहरु पनि छन् । आर्थिक कारणले पनि धेरैले आत्महत्या गरेका छन् । आत्महत्याको विद्यमान कारणहरु मृत्युका कारणहरुमध्ये आत्महत्या १५ औं कारण हो । वार्षिक ७ लाख मानिसहरु आत्महत्याको कारणले मृत्यु वरण गर्दा रहेछन् । हरेक ४० सेकेण्डमा एक मानिसले आत्महत्या गर्दा रहेछन् । विश्वमा ७७ प्रतिशत आत्महत्याका घटनाहरु लो एण्ड मिडिल इन्कम देशमा हुने गरेका छन् । त्यसमध्ये पनि साउथ इस्ट एशियामा मात्रै ३९ प्रतिशत रहेको छ । अध्ययनकाअनुसार ४ लाख ५५ हजार प्रतिवर्षको दरले मृत्यु भइरहेको अध्ययनले देखाएको छ । नेपालको हकमा गत आर्थिक वर्ष २०८०÷०८१ मा ७ हजार २२३ जनाले आत्महत्या गरेका छन् । सरदर दिनमा २० जनाले आत्महत्या गर्दा रहेछन् । प्रतिलाखले २५ जना हुन्छ । हाम्रो एसडिजीको लक्ष्य ४.७ मा झार्ने छ । यो बढ्दै गएको छ । नेपालमा वयस्कमा ६.५ प्रतिशत र ३.९ प्रतिशत किशोरकिशोरीले आत्महत्या गर्ने सोच राख्दा रहेछन् । १५ देखि ४५ वर्षका प्रजजन उमेर समूहका महिलाहरुको मृत्युको पहिलो कारण आत्महत्या हो, नेपालको सन्दर्भमा ।’


विश्वमा मृत्युका कारणहरुमध्ये आत्महत्या १५ औं कारण रहेको बताउनु भयो । विश्वमा वार्षिक ७ लाख मानिसहरु आत्महत्याको कारणले मृत्यु वरण गर्ने तथ्यांक रहेको छ । विश्वमा हरेक ४० सेकेण्डमा एक मानिसले आत्महत्या गर्ने गरेको तथ्यांक रहेको उहाँले बताउनु भयो ।  विश्वमा ७७ प्रतिशत आत्महत्याका घटनाहरु अति कम र मध्यम आर्थिक अवस्था भएका देशमा हुने गरेका छन् । त्यसमध्ये पनि साउथ इस्ट एशियामा मात्रै ३९ प्रतिशत रहेको छ । यस वर्ष ‘आत्महत्या दिवसबारे संवाद शुरु गरौँ, दृष्टिकोण बदलाँै भन्ने नारासहित’ विश्व आत्महत्या रोकथाम दिवस मनाइँदै छ ।

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

विपीको योगदान नयाँ पुस्ताले भुल्न हुँदैनः वरिष्ठ पत्रकार कोईराला

Next Post

संसदीय सुनुवाई समिति (तस्बिर)

Next Post

संसदीय सुनुवाई समिति (तस्बिर)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन