Latest
हिसान कास्कीमा दिवाकर जैसीको नेतृत्व
भद्रकालीमा विश्वकर्मा पूजा गर्नेहरुको भीड
Next
Prev

खेलाडी विदेश पलायन अहिले खेलकुद क्षेत्रको ठूलो समस्या होः मन्त्री चौधरी

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलाडीहरु विदेश पलायन हुनु खेलकुद क्षेत्रको ठूलो समस्याका रुपमा रहेको बताउनुभएको छ ।


बिहीवारको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उहाँले यस्तो गुनासो गर्नुभएको हो । उहाँले खेलाडीहरुलाई रोजगारी, स्वास्थ्य र शिक्षाको ग्यारेन्टी गर्न नसक्दा धेरै खेलाडीहरु विदेश गइरहेको बताउनु भयो । उहाँले मन्त्रालयले अहिले राष्ट्रिय खेलकुद नीति प्रतिष्थापन गर्ने, राष्ट्रिय खेलकुद विकास ऐन र २०७७ को राष्ट्रिय युवा परिषद् ऐन र २०७२ को संशोधन गर्ने काममा लागेको बताउनु भयो । उहाँले राष्ट्रिय गौरवका योजनाहरुको पूर्वाधार निर्माण कार्य शुरु भइरहेको बताउनु भयो । उहाँले कर्णाली प्रदेशका सरकारसँगको सहकार्यमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता र प्रथम पारा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न लागिरहेको बताउनु भयो । सन् २०२६ मा जापानमा हुने एशियाली खेलकुद प्रतियोगिता लगायत अन्य अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताहरुमा नेपाल पदक हाँसिल गर्नेगरी खेलाडीको क्षमता अभिवृद्धि गरी पदक हाँसिल हुनसक्ने खेलका खेलाडीलाई विशेष परीक्षणको व्यवस्था गर्न लागिएको बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘राष्ट्रिय खेलकुद नीति प्रतिष्थापन गर्ने, राष्ट्रिय खेलकुद विकास ऐन र २०७७ को राष्ट्रिय युवा परिषद् ऐन र २०७२ को संशोधन गर्ने । राष्ट्रिय गौरवका योजनामध्ये इआईए सम्पन्न गरी पूर्वाधार निर्माण कार्य शुरु भइरहेको छ । कर्णाली प्रदेशका सरकारसँग सहकार्यमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता र प्रथम पारा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना चाँडै हुँदैछ । सन् २०२६ मा जापानमा हुने एशियाली खेलकुद प्रतियोगिता लगायत अन्य अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताहरुमा नेपाल पदक हाँसिल गर्नेगरी खेलाडीको क्षमता अभिवृद्धि गरी पदक हाँसिल हुनसक्ने खेलका खेलाडीलाई विशेष परीक्षणको व्यवस्था गर्ने । बजेटमा भएका कार्यक्रमहरु कार्यान्वयन गर्ने । सबैभन्दा ठूलो समस्या कार्यक्रम सञ्चालन गर्न बजेट नै हो । दोस्रो सञ्चालनको रुपमा हामीले कुनैपनि लामो समयसम्म खेलकुद पूर्वाधार निर्माण सम्पन्न हुन सकेको छैन । भौतिक पूर्वाधाहरु बजेट अभावले अधुरा रहेका छन् । खेलकुद पूर्वाधारका लागि एउटा इकाइ गठन गर्ने वा राष्ट्रिय खेलकुद परिषद्लाई व्यापक रपमा सरलीकरण गर्नुपर्ने अवस्था छ । खेलाडीहरु विदेश धेरै पलायन भयो । सबैभन्दा ठूलो समस्या यो छ ।’ 


मन्त्री चौधरीले खेलको वर्गीकरण राम्रो किसिमले नभएको गुनासो गर्नुभयो । उहाँले देशमा हुनै नसक्ने खेलका लागि रकम विनियोजन गरिएको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist