Latest
दशैँमा सुनसान बन्यो पोखरा,काठमाडौं
बडा दशैंमा पनि विदेशिनेहरु
भरत केसी द्वारा बडा दशैंको शुभकामना
Next
Prev
https://worldlink.com.np/ https://worldlink.com.np/ https://worldlink.com.np/
ADVERTISEMENT

विपद्मा परी घाइते भएकालाई उपचारबाट वञ्चित हुन दिँदैनौँः स्वास्थ्यमन्त्री पौडेल


स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले विपद्मा परी घाइते भएकाहरुलाई सरकारले निःशुल्क उपचार गरिरहेको बताउनुभएको छ ।


बिहीवार राष्ट्रिय ट्रमा सेन्टरमा मनसुनजन्य विपद्बाट घाइते हुनुभएका उपचाररत बिरामीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिन पुग्नुभएका उहाँले सो कुरा बताउनुभएको हो । उहाँले उपचार आवश्यक भएका सबै नागरिकहरुलाई स्वास्थ्य मन्त्रलयले निःशुल्क उपचार उपलब्ध गराइरहेको बताउनु भयो । उहाँले सरकारी अस्पतालहरुमा विपद्बाट घाइते भएका बिरामीहरुको निःशुल्क उपचार जारी रहेको र विपद्बाट घाइते भइ उपचार नपाएका नागरिकहरुले पनि सरकारी अस्पतालमा पुगेर उपचार गराउन सक्ने बताउनु भयो । उहाँले कतिपय नागरिकहरुलाई सरकारले निःशुल्क उपचार गराएको बारेमा जानकारी नहुनसक्ने भन्दै सञ्चारमाध्यमले सूचना संप्रेषणा गरिदिन आग्रह गर्नुभयो । उहाँले विपद्बाट भएका जस्तोसुकै जटिल समस्याको पनि उपचार सरकारले निःशुल्क गर्ने बताउनु भयो । उहाँले घाइतेलाई उपचारबाट वञ्चित हुन नदिने प्रतिवद्धता जनाउनु भयो । 
उहाँले भन्नुभयो, ‘उपचार आवश्यक भएका सबै नागरिकहरुलाई स्वास्थ्य मन्त्रलयले निःशुल्क उपचार उपलब्ध गराएको छ । स्वास्थ्य मन्त्रालयका सबै अस्पतालहरुमा त्यो व्यवस्था गरिएको छ । निजी अस्पतालाहरुलाई पनि विपद्मा परेका, सहायता गर्नुपर्ने सबैलाई उपचारमा सहयोग गर्न अनुरोध गरेका छौँ । उपचार नपाएर समस्यामा पर्ने स्थिति हुँदैन । अहिले पनि कतिलाई जानकारी नभएको हुनसक्छ, म आग्रह गर्न चाहन्छु, विपद्मा परेर घाइते हुनुभएका सबैको उपचार नेपाल सरकारअन्तर्गतका अस्पतालहरुले गर्नेछन् । जस्तोसुकै जटिल समस्यको पनि उपचार हुनेछ । जो बिरामी हुनुहुन्छ, नजिकको स्वास्थ्य संस्थामा आएर उपचार गर्नुहोला । सम्पूर्ण उपचार निःशुल्क हुन्छ । उपचारबाट वञ्चित हुन दिँदैनौँ ।’ 


मन्त्री पौडेलले विपद् कुनैपनि बेला आउनसक्ने भन्दै जनचेतना अभिवृद्धि गर्न जरुरी रहेको बताउनु भयो । प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गर्ने काम भइरहेको बताउनु भयो । उहाँले तीन तहकै सरकारसँग समन्वय गरी विभिन्न कार्यक्रमहरु अघि बढाइएको जानकारी दिनुभयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist