मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलवार बिहान भक्तपुरस्थित घरबाटै व्यवसायी प्रसाईंलाई पक्राउ गरिएको हो । पक्राउपछि उनलाई थप अनुसन्धानका लागि केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी) पु¥याइएको छ । व्यवसायी प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कीर्ते कागजात बनाइ गम्भीर आरोप लगाएको प्रहरीको प्रारम्भ्कि निस्कर्ष छ । प्रधानमन्त्री ओलीले कम्बोडियास्थित स्मार्ट एक्जियाटा टेलिकम कम्पनीमा लगानी गरेको आरोप प्रसाईंले लगाएका थिए । प्रसाईंले फर्जी कागजात बनाइ प्रचार गरेको प्रहरीको भनाइ छ ।