• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

बेल्जियमका लागि प्रश्तावित राजदुत लम्सालको नाम अनुमोदन

नीतिप्रेस by नीतिप्रेस
October 30, 2024
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

बेल्जियमका लागि प्रश्तावित राजदुत सेवा लम्सालको नाम संसदीय समितिबाट अनुमोदन भएको छ ।


बुधवार सिंहदरबार बसेको समितिको बैठकले प्रश्तावित राजदुत लम्सालको नाम अनुमोदन गरेको हो । सुनुवाईपछि बैठकमा समितिका ज्येष्ठ सदस्य सभपति पशुपति समशेर जबराले प्रश्तावित राजदुत लम्सालको नाम अनुमोदन भएको जानकारी दिनुभयो । 
उहाँले भन्नुभयो, ‘सेवा लम्साललाई बेल्जियमको लागि नेपाली राजदुत पदमा प्रश्ताव गरी नेपालको संविधानको धारा २९२ को उपधारा १ बमोजिम संसदीय सुनुवाई समितिलाई सुनुवाईका लागि नाम प्राप्त भएको, संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली २०८० तथा संसदीय सुनुवाई समितिको कार्यविधि, २०८० बमोजिम समितिले सुनुवाई गर्दा योग्यता, क्षमता र अनुभव समेतको आधारमा सोही नियमावलीको नियम २६ को उपनियम ५ बमोजिम प्रश्तावित व्यक्तिलाई प्रश्तावित पदमा अनुमोदन गर्ने ।’


बैठकमा प्रश्तावित राजदुत लम्सालले आफ्नो कार्ययोजना प्रश्तुत गर्नुभएको थियो । उहाँले कार्ययोजना प्रश्तुत गर्दै प्रश्तावित राजदुतहरुले कार्ययोजना बनाउने तर कार्यान्वनय नगर्ने गरेको पाएको भन्दै आफूले प्रश्तुत गरेअनुसारका कामहरु कार्यान्वयन गर्दै जाने प्रतिवद्धता जनाउनु भयो । उहाँले आफूले आइटी क्षेत्र नेपालका लागि धेरै राम्रो रहेकाले बेल्ज्यिमबाट आइटीका लागि आवश्यक कामहरु अघि बढाउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । राजदुतहरु मुलुकको लागि भन्दा पनि आफ्नै लागि र अवकाशप्राप्त जीवन आराम गर्न जाने भन्ने कुराहरु आएको भन्दै आफ्नो पनि अवकाश हुन लागेको तर काम गरेर देखाउनका लागि जान लागेको बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘कार्ययोजना यस्तो खालको आओस्, वा भनौँ जे लेखे पनि हुने, नलेखे पनि हुने, वा गरे पनि हुने र नगरे पनि हुने खालको भइरहेको छ । त्यस्तो हुनु भएन । मुख्य कुरा त्यो हो । यो अनुसार कति काम भयो भन्नेकुरा मुख्य हुन्छ । आइटी क्षेत्र मैले सोचेको कुरा हो । बिस्तारै यो क्षेत्रका मानिससँग सम्पर्क गरेर आइटीमा कसरी राम्रो काम गर्न सकिन्छ, त्यसमा विचार गर्नेछु । राजदुतहरु मुलुकको लागि भन्दा पनि आफ्नै लागि र अवकाशप्राप्त जीवन आराम गर्न जाने भन्ने पनि कुरा आयो । त्यस्तो होला जस्तो मलाई लाग्दैन । भइरहेका राजदुतमध्ये आफू कसरी अघि बढ्ने भन्ने प्रतिष्पर्धा हुन्छ । आतिथ्य मुलुकले कति सम्बन्ध राख्न चाहेको हुन्छ, सहयोग आदानप्रदान, कति हामीले विश्वस्त पार्न सकेका छौँ । उच्चस्तरीय भ्रमण लगायत कुरा जोडिन्छ । अवकाश त म हुँदैछु । तर के छ भने अवकाशको जीवन बिताउन भन्दा पनि केही गरेर देखाउन मन छ । राष्ट्रिय हितलाई ध्यान दिएर काम गर्नेछु ।’


प्रश्तावित राजदुत लम्सालले आतिथ्य मुलुकले कति सम्बन्ध राख्न चाहेको हुन्छ, सहयोग आदानप्रदान र यसअघि कति विश्वस्त पारेको छ भन्नेकुराले धेरै महत्व राख्ने बताउनु भयो ।

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

नेपालले आयुर्वेदिक औषधिमा आत्मनिर्भर मात्र होइन, निर्यात गर्न सक्नुपर्छः मन्त्री पौडेल

Next Post

तिहारमा लोडसेडिङ हुँदैन, जति विद्युत प्रयोग गरेपनि हुन्छः कुलमान घिसिङ

Next Post

तिहारमा लोडसेडिङ हुँदैन, जति विद्युत प्रयोग गरेपनि हुन्छः कुलमान घिसिङ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन