• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

नेपालले आयुर्वेदिक औषधिमा आत्मनिर्भर मात्र होइन, निर्यात गर्न सक्नुपर्छः मन्त्री पौडेल

नीतिप्रेस by नीतिप्रेस
October 30, 2024
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]


स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखानामा आयुर्वेदिक औषधिको उत्पादन बढाइ बाहिरि मुलुकबाट हुने आयात बन्द गर्न जरुरी रहेको बताउनुभएको छ ।


बुधवार सिंहदरबार वैद्यखानाको ३० औं वार्षिकोत्सव समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले ७५३ वटै पालिकामा आयुर्वेद औषधि विक्री गर्दै आएको भएपनि ९० प्रतिशत आयुर्वेदिक औषधि भने बाहिरबाट आयात गर्नुपरेको बताउनु भयो । वैद्यखानाले माग पूरा गर्नसके बाहिरि मुलुकबाट आयात हुने औषधि बन्द गर्ने बताउनु भयो । उहाँले औषधिको उत्पादन बढाए विक्री गर्ने व्यवस्थित वातावरण सरकारले बनाउने प्रतिवद्धता जनाउनु भयो । उहाँले वैद्यखानालाई आत्मनिर्भर बनाउन सरकारको तर्फबाट गर्नुपर्ने आवश्यक काम गर्न मन्त्रालय तयार रहेको बताउनु भयो । उहाँले सिंहदरबार वैद्यखानालाई सम्पन्न नबनाएसम्म वैद्यखानाबाट सेवा निवृत्तपछि पाउने सुविधा नपाउने पनि बताउनु भयो । उहाँले सिंहदरबार वैद्यखानालाई अब पनि टालटुल गरेर अघि लैजाने स्थिति नरहेको भन्दै अब सबै मिलेर उकास्नुपर्ने जरुरी रहेको बताउनु भयो । मन्त्री पौडेलले नेपालले आयुर्वेदिक औषधिको मामिलामा आत्मनिर्भर मात्र नभइ निर्यात गर्ने क्षमता बनाउन सक्नुपर्ने बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘अब यसका निम्ति अरु संरचनाहरु के आवश्यक पर्छन्, यो समिति बनाउनुपर्छ भने बनाऔँ । मलाई त समिति मन्त्री भन्देलान् भन्ने डर छ । मैले थुप्रै विषयमा समिति बनाएर अघि बढेको छु । समिति बनाएर अघि जानुपर्नेछ भने बनाऔँ । यसको उत्पादन तुरुन्तै वृद्धि गरौँ । यसैले उत्पादन गरेर कमााइ नगर्ने हो भने तपाईंहरुले निवृत्त भएपछि प्राप्त गर्ने सुविधा प्राप्त गर्न सक्नुहुन्न । घाटामा जाने, त्यो सबैलाई राज्यले पड्ताल गर्दै जाने, अब जुन लक्षित समूह हो त्यसलाई केही पनि गर्न नसक्ने, हामीले यि संस्थाहरुलाई यही ढंगबाट यसलाई टालटुल गरेर लगिरहने स्थिति बन्दैन । हामीले यसैबाट र यहीँबाट उत्पादन गर्ने, कमाउने, हामीले सुविधा पनि लिने, कोष पनि बनाउने र निवृत्त भएपनि सेवा लिन पाउने सहज वातावरण बनाउनुपर्छ । हामीले यहाँ गर्नसक्छौँ । हामीले देशभरकै ७५३ पालिकामा आयुर्वेद औषधि जुन विक्री हुन्छ, त्यहाँ ९० प्रतिशत आयात गरिन्छ । यहाँहरुले उत्पादन गर्नुभयो भने आयात बन्द गराउने काम हामी गर्छौं । मैले गर्छु । यहाँका सम्पूर्ण उत्पादन पालिकाका आयुर्वेद औषधि पसलमा जाने स्थिति हामी बनाउँछौँ । यसलाई सम्पन्न संस्थाका रुपमा विकसित गर्न धेरै गाह्रो छैन । विक्री गर्ने व्यवस्थित वातावरण बनाउन सकिन्छ । आयुर्वेद औषधिको मामिलामा आत्मनिर्भर मात्र होइन, निर्यात गर्ने क्षमता बढाउनु पर्छ । निर्यात गर्ने क्षमता बढाए यो संस्था धेरै नै छिटो समृद्ध हुन्छ ।’


स्वास्थ्यमन्त्री पौडेलले सबै मिलेर वैद्यखाना बनाउने संकल्प गर्न आग्रह गर्नुभयो । उहाँले वैद्यखानालाई योगदान गर्ने क्षमताको विकास जरुरी रहेको बताउनु भयो । 

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

सिंहदरबार वैद्यखाना सरकारले सञ्चालन गर्न सक्दैन भने महानगरलाई दिनुस्ः प्रमुख साह

Next Post

बेल्जियमका लागि प्रश्तावित राजदुत लम्सालको नाम अनुमोदन

Next Post

बेल्जियमका लागि प्रश्तावित राजदुत लम्सालको नाम अनुमोदन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन