Latest
हरितालिका तिजमा पशुपतिमा व्रतालु महिलाको भीड
Next
Prev

प्रमुख युरोपेली क्लबका फुटबलर दुबइमा पक्राउ, नेदरल्याण्ड सुपर्दगी गरिने

 युरोपेली फुटबल खेलाडी क्विन्सी प्रोमेस दुबइमा पक्राउ परेका छन् ।

नेदरल्याण्ड्समा गत महिना लागुऔषध तस्करीको लागि अनुपस्थितिमा दोषी ठहरिएका प्रमुख युरोपेली फुटबल खेलाडी क्विन्सी प्रोमेस दुबइमा पक्राउ परेका हुन । 

उनको सुपुर्दगी खोज्ने डच अभियोजकहरूको अनुरोधमा दुबईमा पक्राउ गरिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन । 


प्रमुख युरोपेली क्लब अजाक्स र सेभिल्ला र अहिले स्पार्टक मस्कोसँग अगाडी खेलेका प्रोमेसलाई नेदरल्यान्ड्सका अभियोजकहरूले करिब १,३६० किलोग्राम कोकिन तस्करी गरेको आरोप लगाएका छन । 

सो लागुऔषध तस्करी अभियानको केन्द्रबिन्दुमा उनी समेत रहेको पुष्टी भए पछि नेदरल्याण्डको अदालतले उनको अनुपस्थितिमा नै ६ वर्षको जेल सजाय सुनाएको थियो । 

‘हामी यो बताउन चाहन्छौं कि दुबईमा एक स्वतन्त्र न्यायाधीशले अब डच सुपुर्दगी अनुरोधमा निर्णय गर्नेछन्’ उनका वकिलले भने, ‘सामान्यतया, सुपुर्दगी प्रक्रियाले धेरै समय लिन सक्छ र धेरै औपचारिक चरणहरू र आवश्यकताहरू समावेश गर्दछ, यो नेदरल्याण्डमा पनि पूर्ण रूपमा सामान्य छ। सुपुर्दगी प्रक्रियाको नतिजा र अवधि यस समयमा भविष्यवाणी गर्न सकिँदैन’

३२ वर्षीया यी खेलाडी गत जनवरीमा दुबईमा स्पार्टक मस्कोसँग प्रशिक्षणका लागि आएका थिए । 

सीएनएनले दुबई पुलिस, स्पार्टक मस्को र प्रोमेसको पीआर प्रतिनिधिलाई टिप्पणीको लागि सम्पर्क गरेको छ। प्रोमेसका वकिलहरूले उनले आफू विरुद्ध लागुऔषध ओसारपसारको आरोप अस्वीकार गर्दै आएका छन र नेदरल्याण्डले सुनाएको ६ वर्षको सजायको बिरूद्द अपील गर्नेछन्।

गत वर्ष प्रोमेसलाई आफ्नो काकाको घुँडामा छुरा प्रहार गरेको आरोपमा उनको अनुपस्थितिमा छुट्टै दोषी ठहर गरिएको थियो । अभियोजकहरूका अनुसार उनलाई १८ महिनाको जेल सजाय सुनाइएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist