Latest
Next
Prev

सरकारलाई राम्रो काम गर्ने वातावरण निर्माण गर्न भुमिका खेल्छुः सभापति शेर्पा

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका नवनिर्वाचित सभापति सोनम गेल्जेन शेर्पाले पदभार ग्रहण गर्नुभएको छ ।


सोमवार सिंहदरबारस्थित समितिको कार्यकक्षमा उहाँले समिति सभापतिको पदभार ग्रहण गर्नुभएको हो । आजै उहाँ समितिमा निर्विरोध निर्वाचित हुनुभएको थियो । समितिको सभापतिमा एउटा मात्रै मनोनयन दर्ता भएसँगै समितिको सोमवारको बैठकबाट उहाँ निर्वाचित हुनुभएको हो । साथै आज नै सिंहदरबारमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालसँग पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको थियो । सभापति शेर्पाले सरोकार समितिलाई अधिकार क्षेत्र पनि किटान गरेर दिइएको र नेपालको संविधानको परिधिभित्र रहेर काम गर्ने बताउनु भयो । उहाँले प्रतिपक्ष भन्दा पनि सरकारलाई सहजीकरण हुने गरेर सरकारलाई राम्रो काम गर्ने वातावरण निर्माण गर्न आफ्नो भुमिका हुने बताउनु भयो ।


उहाँले भन्नुभयो, ‘हामीलाई अधिकार क्षेत्र पनि किटान गरेर दिइएको छ । नेपालको संविधानको परिधिभित्र रहेर हामी काम गर्छौं । हामी प्रतिपक्ष भन्दा पनि सरकारलाई सहजीकरण गरेर सरकारलाई राम्रो काम गर्ने वातावरण बनाउँछौँ । नतिजामुखी भएर काम गर्दछौँ ।’

उहाँले नतिजामुखी भएर समितिको काम गर्ने बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist