Latest
देशको अवस्था बदल्नुपर्छः प्रधानमन्त्री ओली
महानगर आफैँ डुबानमा
Next
Prev

समितिले सरकारलाई दिएका निर्देशन कार्यान्वयन गराउन प्रतिवद्ध भइ काम गर्नेछुः सभापति पन्त

विकास, आर्थिक मामिला तथा सुशासन समिति सभापति कमला पन्तले पदभार ग्रहण गर्नुभएको छ ।


सोमवार सिंहदरबारमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालसँग पद तथा गोपनियताको शपथग्रहण गराएसँगै उहाँले समिति सभापतिको पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहण गरेसँगै उहाँले सुशासन कामय राख्नका लागि समितिको तर्फबाट कर्तव्यनिष्ठ भएर काम गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले २०३० सम्म दिगो विकासको लक्ष्य पूरा गर्ने देशको उद्देश्यअनुरुप समितिको तर्फबाट सरकारलाई निर्देशन दिने र निर्देशन कार्यान्वयन गराउनेतर्फ लाग्ने बताउनु भयो ।


उहाँले भन्नुभयो, ‘म इमान्दार भएर कर्तव्य भन्दा बाहिर नगइकन काम गर्नेछु । सुशासन कसरी कायम राख्न सकिन्छ ? र यो समितिमा भएको कार्यक्षेत्रलाई इमान्दारिताका साथ अघि बढाउन र दिगो विकासको लक्ष्य पूरा गर्ने २०३० सम्म छ । यसलाई अरु देशले भन्दा पनि हाम्रो देशले जलवायु परिवर्तनका इस्यु छन्, सुशासनका कुराहरु छन्, विकासका कुराहरु छन्, दिगो विकास नै के हो भन्ने छ । समितिले कार्यान्वय गर्ने नभइ सरकारलाई निर्देशन गर्ने हो, निर्देशन कार्यान्वयन गराउन म प्रतिवद्ध रहन्छु । निर्देशनलाई कार्यान्वयन गराउनका लागि लाग्छु । निर्देशन दिएर मात्रै पुग्दैन । निर्देशन कार्यान्वयन हुनुपर्छ ।’ 

उहाँले समितिले सरकारलाई दिएका निर्देशनहरु कार्यान्वयन गराउन प्रतिवद्ध भएर काम गर्ने बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist