Latest
देशको अवस्था बदल्नुपर्छः प्रधानमन्त्री ओली
महानगर आफैँ डुबानमा
Next
Prev

पुटिन ८७.२८ प्रतिशत मतका साथ राष्ट्रपतिमा विजयी, विश्व नेताहरुबाट बधाई

रुसका वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिनले देशको राष्ट्रपतीय निर्वाचनमा ८७२८ प्रतिशत मत प्राप्त गरी ठूलो जित हासिल गरेको रुसी केन्द्रीय निर्वाचन आयोग (सीईसी) ले जनाएको छ ।

सोमवार साँझ सबै मतगणना सकिएपछि पुटिनले ८७.२८ प्रतिशत मतका साथ चुनाव जित्नुभएको हो ।

कम्युनिष्ट पार्टीका उम्मेदवार निकोलाई खारितोनोभले ४.३१ प्रतिशत मत प्राप्त गरी दोस्रो स्थानमा रहनुभयो भने न्यु पिपुल्स पार्टीका प्रतिनिधि भ्लादिस्लाव दाभान्कोभले ३.८५ प्रतिशत मत प्राप्त गर्नुभयो । लिबरल डेमोक्र्याटिक पार्टीका प्रमुख लियोनिद स्लुत्स्की ३.२ प्रतिशतका साथ चौथो स्थानमा रहनुभयो । रुसमा तीन दिने राष्ट्रपतीय निर्वाचन शुक्रबारबाट शुरु भएको थियो । रुसको राष्ट्रपति निर्वाचन नियमावलीअनुसार ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवारले विजय सुनिश्चित गर्दछ ।

सीईसीकी प्रमुख एला पाम्फिलोभाले ७७.४४ प्रतिशत मतदान भएको देशको आधुनिक इतिहासमा रेकर्ड उच्च रहेको बताउनु भयो । सोमवार राष्ट्रपतीय निर्वाचनमा पुटिनको जितपछि विश्व नेताहरूले बधाई दिन थालेका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist