Latest
हरितालिका तिजमा पशुपतिमा व्रतालु महिलाको भीड
दोस्रो इण्डोनेसिया–अफ्रिका फोरम बालीमा सम्पन्न
Next
Prev

वर्षाले पोखरा-मुग्लिन सडक विस्तार कार्यमा प्रभावित

पोखरा,

वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत पोखरा-मुग्लिन सडक विस्तारको काममा प्रभावित परेको छ ।

वर्षाले तनहुँको थर्पु, तुरतुरे, कास्कीको तल्लो गगनगौँडा लगायत खण्डमा भइराखेको कालोपत्रको काम रोकिएको छ । पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम खण्डका प्रमुख राजेशप्रसाद पौडेलले दुई किलोमिटर क्षेत्रमा प्राइमर बिछ्याइसकिएको थियो तर वर्षा भइरहेका कारण कालोपत्रको काम रोकिएको बताएका छन्। वर्षाकै कारण काम दुई हप्ता पछाडि धकेलिएको र अन्य पूर्वाधारका काम पनि प्रभावित भएको उनको भनाइ छ ।

आयोजना प्रमुख पौडेलले आगामी असारभित्र ३० प्रतिशत प्रगति हासिल गर्ने लक्ष्यसहित कामलाई गति दिइएको बताए । पाँच सयभन्दा बढी मजदुर निर्माणमा खटिएका छन् । सडक विस्तारसँगै पुल, कल्भर्ट, नाली लगायत पूर्वाधार तयारीको काम भइरहेको छ । कुनै अवरोध नआएमा आगामी दुई वर्षभित्र आयोजनाको काम सम्पन्न हुने पौडेलले बताए ।

तनहुँको जामुनेदेखि पोखराको सेती पुलसम्म ३८ दशमलव ८८ किमि दूरी रहेको पश्चिम खण्डको आधा क्षेत्र पाँच लेन र आधा जति चार लेनको बन्ने आयोजना प्रमुख पौडेलले जानकारी दिए । हाल सडक विस्तार भइरहेकाले प्रदेश राजधानी पोखरा छिर्ने मुख्य सडकको यात्रामा सर्वसाधारण सास्ती खेप्न बाध्य छन् । घाम लाग्दा सडक धुलाम्मे र वर्षा हुँदा हिलाम्मे हुँदा यातायात सञ्चालनमा असहज भएको छ । दैनिकजसो भइरहेको वर्षाका कारण ट्राफिक व्यवस्थापनमा पनि समस्या निम्तिएको जनाइएको छ ।

आयोजनाको पूर्वी खण्डमा पनि वर्षाका कारण सडक विस्तार र कालोपत्रको काम प्रभावित भएको छ । एकचालीस दशमलव ४५ किलोमिटर दूरीको पूर्वी खण्डमा हालसम्म ५१ प्रतिशत प्रगति भएको इन्जिनियर विष्णु पाण्डेले जानकारी दिए । एसियाली विकास बैंकको सहयोगमा पोखरा-मुग्लिन सडक विस्तारको काम भइरहेको छ । कूल ८१ किमि दूरीको उक्त सडकको पश्चिम खण्डमा पोखरा–जामुने र पूर्वी खण्डमा जामुनेदेखि मुग्लिनसम्मको सडक पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist