पोखरा,
पोखरा महानगरपालिका वडा नं.-६ द्वारा आयोजित विपन्न महिलाहरूलाई आत्म निर्भर बनाउने उद्देश्यका साथ सञ्चालन गरिएको सीप तथा आयमूलक ५ दिने भाँडा धुने झोल साबुन, सरफ तथा साबुन बनाउने तालिम सम्पन्न गरेको छ ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं.-६ का वडाअध्यक्ष विष्णु बहादुर भट्टराईले तालिम लिए पश्चात आय-आर्जनमा टेवा पुग्ने बताउनुभयो । सरफ तथा साबुन बनाउने सीप सिकेपछि यस तालिमलाई व्यवहारमा उतारेर स्वरोजगार बन्न उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा तालीम प्रशिक्षक प्रशान्त सीएनले प्रशिक्षार्थीहरूलाई प्राप्त गरेको प्रमाण पत्रलाई भित्तामा टासेर मात्रै होइन, सिकेको सीपलाई व्यवहारमा उतार्दै आयआर्जन गर्न सके मात्रै सिकेको सीपको सदुपयोग हुने बताउनु भयो ।
कार्यक्रममा तालिम संयोजक वडा सदस्य शोभा जलारीले सीप सिकेर मात्र आत्म निर्भर नभइने भएकोले सीपलाई समयमै सदुपयोग गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रशिक्षार्थी लक्ष्मी भुर्तेल अधिकारीले हामिले दैनिक रुपमा प्रयोग गरिने साबुन को मात्रा कति छ र यो तालिमले भोलिको दिनमा हाम्रो आय आर्जनको स्रोत बन्न सक्ने बताउनुभयो ।
थप्दै प्रशिक्षार्थी धनुमाया महर्जनले साबुन बनाउने सीप आफूहरूका निम्ति ज्यादै लाभदायी हुने बताउनुभयो ।