• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

हामीले उपभोग गरिरहेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त भएको होइनः पूर्वराष्ट्रपति भण्डारी

नीतिप्रेस by नीतिप्रेस
April 25, 2024
in अन्य, फिचर, राजनीति, विचार, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner =”6″]

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अहिले उपभोग गरिरहेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त नभएको बताउनुभएको छ ।


बिहीवार ललितपुरमा मनमोहन स्मृति प्रतिष्ठानको आयोजनामा मनमोहन अधिकारीको २५ औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आजको स्वतन्त्रता मनमोहन अधिकारी जस्ता पहिलो पुस्ताका नेताहरुको उन्नत स्तरको चेतना, त्याग र अठोटबाट पाएको बताउनु भयो । उहाँले मनमोहन अधिकारीको जीवन नयाँ पुस्ताका लागि पढ्नैपर्ने खुला किताव रहेको उल्लेख गर्नुभयो । उहाँले मनमोहन अधिकारी नेतृत्वको सरकारले अघि सारेका आफ्नो गाउँ आफैँ बनाउँ, ज्येष्ठ नागरिकका लागि वृद्धभत्ता जस्ता लोकप्रिय कार्यक्रमहरुमार्फत कम्युनिष्ट पार्टीले सरकार सञ्चालन गर्दा कसरी लोककल्याणकारी काम गर्दछ भन्ने दृष्टान्त प्रश्तुत गर्न सफल भएको बताउनु भयो । उहाँले प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वको सरकारले २०५१ सालबाट शुरु गरेको वृद्धभत्ता दक्षिण एशियामै सामाजिक सुरक्षाको एउटा नमूना कार्यक्रमको रुपमा रहेको जिकिर गर्नुभयो । उहाँले ज्येष्ठ नागरिकहरुको सम्मानमा थालनी गरिएको वृद्धभत्ता कार्यक्रमलाई थप सुदृढ गर्दै वर्तमान नेपालको संविधानले ज्येष्ठ नागरिकका अधिकारलाई मौलिक अधिकारका रुपमा संस्थागत गर्ने काम गरेको बताउनु भयो । आज पनि मनमोहन अधिकारीलाई देशभरका ज्येष्ठ नागरिकहरुले आफ्नो सच्चा मित्र र असल नेताको रुपमा सम्झिने गरेको बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘मनमोहन अधिकारी नेतृत्वको सरकारले अघि सारेका आफ्नो गाउँ आफैँ बनाउँ, ज्येष्ठ नागरिकका लागि वृद्धभत्ता जस्ता लोकप्रिय कार्यक्रमहरुमार्फत कम्युनिष्ट पार्टीले सरकार सञ्चालन गर्दा कसरी लोककल्याणकारी काम गर्दछ भन्ने दृष्टान्त प्रश्तुत गर्न सफल हुनुभयो । प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वको सरकारले २०५१ सालबाट शुरु गरेको वृद्धभत्ता दक्षिण एशियामै सामाजिक सुरक्षाको एउटा नमूना कार्यक्रमको रुपमा रहेको छ । यस कदमले ज्येष्ठ नागरिकहरुप्रति राज्य, समाज र परिवारको दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउन र उहाँहरुको आत्मसम्मान बढाउन सबै ठूलो योगदान गर्नुका साथै जीवनयापनमा पनि महत्वपूर्ण सहयोग पु¥याएको छ । ज्येष्ठ नागरिकहरुको सम्मानमा थालनी गरिएको यस कार्यक्रमलाई थप सुदृढ गर्दै वर्तमान नेपालको संविधानले ज्येष्ठ नागरिकका अधिकारलाई मौलिक अधिकारका रुपमा संस्थागत गर्ने काम गरेको छ । जसले गर्दा आज पनि मनमोहन अधिकारीलाई देशभरका ज्येष्ठ नागरिकहरुले आफ्नो सच्चा मित्र र असल नेताको रुपमा सम्झन्छन् र सम्मान गर्दछन् । यसै सन्दर्भमा मनमोहन स्मृति प्रतिष्ठानले हरेक वर्ष ज्येष्ठ नागरिकका लागि देशदर्शन कार्यक्रमको आयोजना गर्दै आएको कुरा प्रशंसनीय छ । मनमोहन अधिकारीको जीवन नयाँ पुस्ताका लागि पढ्नैपर्ने खुला किताव जस्तै छ । आज हामीले उपभोग गरिरहेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त भएको होइन । मनमोहन अधिकारी जस्ता पहिलो पुस्ताका नेताहरुको उन्नत स्तरको चेतना, त्याग र अठोटले नै आज हामीले खुला वातावरण पाएका छाँै । स्वतन्त्रता पाएका छाँै ।’  


पूर्वराष्ट्रपति भण्डारीले वृद्ध भत्ता दिने कार्यक्रमले ज्येष्ठ नागरिकहरुप्रति राज्य, समाज र परिवारको दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउन र उहाँहरुको आत्मसम्मान बढाउन सबै ठूलो योगदान गर्नुका साथै जीवनयापनमा पनि महत्वपूर्ण सहयोग पु¥याएको दाबी गर्नुभयो । 

[adrotate banner =”3″]

[adrotate banner =”4″]

[adrotate banner =”5″]

Previous Post

पोखरा-६ द्वारा आयोजित पाच दिने साबुन बनाउने तालिम सम्पन्न

Next Post

मनमोहन अधिकारीलाई कम्युनिष्ट आन्दोलनको निरन्तरताको पर्यायका रुपमा बुझ्नुपर्छः ईश्वर पोखरेल

Next Post

मनमोहन अधिकारीलाई कम्युनिष्ट आन्दोलनको निरन्तरताको पर्यायका रुपमा बुझ्नुपर्छः ईश्वर पोखरेल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन