नर्वेका प्रधानमन्त्री जोनास गाहर स्टोरले आफ्नो सरकारले चीनसँग सहकार्य बढाउने बताउनुभएको छ । ओस्लोमा विदेशी पत्रकारहरूसँगको भेटमा स्टोरले नर्वेले चीनसँग सहकार्य अघि बढाउने बताउनु भयो । प्रधानमन्त्रीले द्विपक्षीय सम्बन्धमा कुटनीतिक र राजनीतिक आयामहरू समेटिएको कुरालाई जोड दिनुभयो । जसलाई आफूले व्यक्तिगत रूपमा निरीक्षण गर्ने र सुदृढ गर्ने लक्ष्य राखेको छ ।
उहाँले जलवायु, व्यापारका मुद्दामा पनि विभिन्न सहमति गरेर अघि बढ्ने बताउनु भयो ।