Latest
हिसान कास्कीमा दिवाकर जैसीको नेतृत्व
Next
Prev

उपप्रधानमन्त्रीसहित सांसदहरुद्वारा राज्य व्यवस्था समिति बैठक बहिष्कार, एनजिओको प्रवेशले आक्रोशित

सांसदहरुले राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बहिष्कार गरेका छन् ।


सिंहदरबारमा आईतबार बिहान बोलाइएको बैठकमा खाजासहित एनजिओको प्रवेश भएको पाइएपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने र समितिका सदस्यहरुले बैठक बहिष्कार गरेका हुन् । बैठकमा संघीय निजामती कर्मचारी सेवा सम्बन्धि विधेयकबारे छलफल गर्ने कार्यसूचि तय गरिएको थियो । समितिका सभापति रामहरी खतिवडाले बैठकमा एनजिओकर्मीहरु पनि देखापरेकाले बैठक बस्न नसकेको स्वीकार गर्नुभयो । उहाँले उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले फेरि बैठकमा आउने कुरा गर्नुभएको तर नआएको पनि बताउनु भयो । बैठकपछि संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ सभापति खतिवडाले बैठकमा एनजिओको प्रवेशबारे स्पष्टिकरण दिनचाहनु भएन । तर उहाँले समितिको बैठकमा कुनैपनि एनजिओ, आईएनजिओलाई प्रवेश गर्न नदिने जिकिर गर्नुभयो । 
सभापति खतिवडाले भन्नुभयो, ‘राज्य व्यवस्था समितिको बिहान बैठक थियो । हामीले कर्मचारीको विधेयक सम्बन्धि छलफल थियो । सबै माननीय सदस्यहरु आउनु पनि भएको थियो । कर्मचारीको हड्ताल छ । तपाईले यहाँ पनि देखिहाल्नुभयो । मैले यहाँ पनि कुरा गरेँ । उहाँहरुले आएर समयमा गर्नुभएन । खाजाको व्यवस्था थियो । खाजा खाई पनि सक्नुभयो कसैले । कर्मचारीहरु पनि आउनुभएन । एनजिओले गरेको होकि भन्ने भयो । २ जना एनजीओकर्मी पनि त्यहाँ देखा पर्नुभयो । हामी एनजिओलाई कुनैपनि राज्य व्यवस्था समितिको मिटिङमा राख्दैनौं भनेर हामीले भन्यौं । केही साथीहरुले व्यवस्था गर्न खोज्नुभएको होला । तर राज्य व्यवस्था समितिको हल भित्र एनजिओका कार्यक्रमहरु हामी गर्न दिँदैनौं । मैले राज्य व्यवस्था समितिका सचिवलाई सोधेँ । आज खाजाको व्यवस्था गरिएको भनेर जानकारी गराउनु भयो । त्यसपछि हामीले एनजिओलाई त्यहाँबाट बाईकट ग¥यौं । हामी एनजिओलाई प्रवेश गर्न दिँदैनौं । एनजिओ÷आईएनजिओहरुलाई राज्य व्यवस्था समितिको कुनै पनि मिटिङमा हामी प्रवेश गराउँदैनौं । गृहमन्त्रीज्यूको कुरा म केही भन्दिन । म आउँछु भन्नु भएको थियो ।  बाहिर के भन्नुभयो ? एनजिओको कुरा त्यतिखेर आएको थिएन ।’
बैठकमा उपप्रधानमन्त्री लामिछाने र सांसदहरु बैठक नबसी हिँडेपछि सभापति खतिवडाले बैठक स्थगित गर्नुपरेको थियो । स्रोतका अनुसार बैठकमा उपप्रधानमन्त्री लामिछाने र सांसदहरुले एनजिओ प्रवेश गराएकाले बैठकमा बस्न नसकिने भन्दै बाहिरिएका थिए । सभापति खतिवडाले उपप्रधानमन्त्री लामिछानेले त्यस्तो भनेको आफूलाई थाहा नभएको बताएपनि बैठक नबसी बाहिरिएको स्वीकार गर्नुभयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist