• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

रंगशाला सञ्चालन सम्बन्धी कार्यविधिको मस्यौदा तयार गरेका छौँः खेलकुदमन्त्री श्रेष्ठ

नीतिप्रेस by नीतिप्रेस
June 17, 2024
in खेलकुद समाचार, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले देशभरका रंगशालाहरुको व्यवस्थापनलाई मध्यनजर गरी रंगशाला सञ्चालन सम्बन्धी कार्यविधिको मस्यौदा तयार गरिएको बताउनुभएको छ ।


आईतवार सय दिने कार्यप्रगति विवरण सार्वजनिक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले खेलकुदमा विविध क्षेत्रको ज्ञान तथा क्षमतालाई अवसर प्रदान गर्न तथा अन्तर्राष्ट्रिय पारा ओलम्पिकको मान्यता अनुरुप विकास गर्दै लैजाने उद्देश्यले यस वर्ष कर्णाली प्रदेशको सुर्खेतमा प्रथम पारा राष्ट्रिय प्रतियोगिता आयोजना गरिने बताउनु भयो । उहाँले खेलाडीहरुलाई खेलमैदानसँग जोडिरहन र खेलकुद प्रतियोगिताका कार्यक्रमलाई पारदर्शी तथा योजनावद्ध बनाउन राष्ट्रिय खेलकुद परिषद् तथा राष्ट्रिय खेल संघद्वारा वर्षभरमा सञ्चालन गरिने खेलकुद प्रतियोगिताहरुको आर्थिक वर्ष २०८१÷८२ को वार्षिक क्यालेण्डर सार्वजनिक गरेको बताउनु भयो । उहाँले कतारका अमिर नेपाल भ्रमणको अवसरमा नेपाल सरकार र कतार सरकारबीच भएको द्विपक्षीय समझदारीपत्रमा युवा तथा खेलकुदका क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको बताउनु भयो । नेपाल स्काउटको जग्गा भाडामा लिने÷दिनेबारे भएको सम्झौता र त्यस सम्बन्धमा उच्च अदालत पाटनको फैसला कार्यान्वयनको सम्बन्धमा छानविन समिति गठन गरी प्राप्त प्रतिवेदनको आधारमा नेपाल स्काउटको जग्गाको संरक्षण तथा अनाधिकृत उपयोग गरेको संरचना नियमसंगत उपयोग गर्न कानूनी व्यवस्थाको कार्यान्वयन गर्न गराउन गृह मन्त्रालयको सहयोगमा सिलबन्दी गरिएको बताउनु भयो । उहाँले सहभागितामुलक नीति निर्माणको अवधारणा अनुरुप राष्ट्रिय खेलकुद नीति, र राष्ट्रिय युवा नीतिको मस्यौदा उपर प्रदेशस्तरमा राय सुझाव संकलन गरिएको र दुवै नीतिलाई अन्तिम रुप दिने क्रममा रहेको बताउनु भयो  नेपाली खेल क्षेत्रलाई स्वस्थ र स्वच्छ राख राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ बमोजिम गठन भएको राष्ट्रिय एन्टीडोपिङ एजेन्सी लाई पूर्णता दिई क्रियाशील बनाइएको जानकारी गराउनु भयो ।  अन्तर्राष्ट्रियस्तरमा प्रतिष्पर्धा गर्न सम्भावना भएका खेलहरुलाई मध्यनजर गरी खेलकुद पूर्वाधार विकासका लागि मुलपानी क्रिकेट रंगाशालाको डिपिआर तयार गरिएको र कीर्तिपूर क्रिकेट रंगशालामा स्कोर बोर्ड राख्ने सम्झौता भएको तथा फ्लड लाइटको खरिद प्रक्रिया अगाडि बढाइएको बताउनु भयो । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा विश्व जगतमा लोकप्रिय हुँदै गएको सूचना प्रविधिको प्रयोग गरी खेलिने खेललाई खेलकुद क्षेत्रमा समेट्ने गरी इ–स्पोर्ट खेलको प्रवद्र्धन गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चलान गर्ने, युवा तथा साना व्यावसायी स्वारोजगार कोषमार्फत १ हजार ४ सय ९४ जना कर्जा लगानी तथा स्वरोजगार सिर्जना भएको र १ हजार ४०१ जनाका लागि थप रोजगारी सिर्जना भएको बताउनु भयो । युवा तथा खेलकुदसँग सम्बन्धित सूचना तथा तथ्याङ्क प्राप्तिको लागि पोर्टल तयारीको नीतिगत र कार्यक्रमगत व्यवस्था गरिएको बताउनु भयो । 


मन्त्री श्रेष्ठले दशरथ रंगशालाको मर्मत कार्य सम्पन्न भएको, राष्ट्रिय खेलकुद प्रतियोगितालाई प्रत्येक प्रदेशामा आलोपालो गर्ने क्रममा यस वर्ष कर्णाली प्रदेशमा १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न कर्णाली प्रदेश सरकारको अग्रसरतामा सुर्खेतमा रंगशाला सहितको खेलकुद पूर्वाधार निर्माण कार्यलाई तिब्रता दिइएको बताउनु भयो । खेलकुदमा विविध क्षेत्रको ज्ञान तथा क्षमतालाई अवसर प्रदान गर्न तथा अन्तराष्ट्रिय पारा ओलम्पिकको मान्यता अनुरुप विकास गर्दै लैजाने उद्देश्यले यस वर्ष कर्णाली प्रदेशको सुर्खेतमा प्रथम पारा राष्ट्रिय प्रतियोगिता आयोजना गरिने बताउनु भयो । नेपाल स्काउट ऐन, २०५० को प्रतिस्थापन गरी नयाँ ऐन जारी गर्न र राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ लाई समसामयिक बनाउन संशोधन गर्न प्रक्रिया अगाडी बढाइएको बताउनु भयो । युवा लक्षित कार्यक्रमहरुमा वित्तीय सुशासन कायम गर्न र विनियोजित स्रोत तथा साधनलाई लक्षित वर्गको सहज पहुँच पु¥याउन नीतिगत व्यवस्था अद्यावधिक गर्नुपर्ने आवश्यकतालाई महशुस गरी युवा तथा साना व्यावसायी स्वरोजगार कोषको व्यवस्थापन, सञ्चालन तथा कर्जा परिचालनको प्रभावकारिता अध्ययन गर्न कार्यदल गठन गरी अध्ययन कार्य भइरहेको बताउनु भयो ।

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीलाई २ करोड ९७ लाख १० हजार रकम बराबरको पुरस्कार प्रदान

Next Post

उपप्रधानमन्त्रीसहित सांसदहरुद्वारा राज्य व्यवस्था समिति बैठक बहिष्कार, एनजिओको प्रवेशले आक्रोशित

Next Post

उपप्रधानमन्त्रीसहित सांसदहरुद्वारा राज्य व्यवस्था समिति बैठक बहिष्कार, एनजिओको प्रवेशले आक्रोशित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन