Latest
हिसान कास्कीमा दिवाकर जैसीको नेतृत्व
भद्रकालीमा विश्वकर्मा पूजा गर्नेहरुको भीड
Next
Prev

नेकपा एसको अध्यक्ष, सम्मानित नेता र महासचिवमा नेपाल, खनाल र भुसाल सर्वसम्मत

नेकपा (एकीकृत समाजवादी) ले अध्यक्ष, सम्मानित नेता र महासचिवमा सर्वसहमतिले नेतृत्व चयन गरेको छ ।


बिहीवार झलनाथ खनाल नेतृत्वको अध्यक्ष मण्डलले माधवकुमार नेपाललाई अध्यक्ष, झलनाथ खनाललाई सम्मानित नेता र घनश्याम भुसाललाई  सम्मानित नेतामा चयन गरेको हो । महाधिवेशन हलले सम्मानित नेता खनालले अध्यक्षमा माधवकुमार नेपाल, पार्टीको सम्मानित नेतामा झलनाथ खनाल र पार्टीको महासचिवमा घनश्याम भुसाल सर्वसहमतले चयन भएको घोषणा गर्नुभयो । उहाँले अब २९९ सदस्यहरु भएको केन्द्रिय कमिटी र निश्चित पदाधिकारी चयन गर्न बाँकी रहेको बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘पदहरुमध्ये तीन जना नेताहरु पार्टीको अध्यक्षमा कमरेड माधवकुमार नेपाल, पार्टीको सम्मानित नेतामा कमरेड झलनाथ खनाल र पार्टीको महासचिवमा कमरेड घनश्याम भुसाल । यतिमा हामीले सर्वसहमतिले चयन गरेका छाँै । तपाईंहरुको पनि यसमा सर्वसहमति हो भने फेरि एक पटक हल गुञ्जायमान गरौँ । अझै हाम्रा काम बाँकी छन् । त्यसमध्ये सिंगो केन्द्रिय कमिटीमा २९९ सदस्यहरु भएको केन्द्रिय कमिटी र निश्चित पदाधिकारी चयन गर्न बाँकी छ । त्यसमा पनि सहमति साथ नै गर्नुपर्छ भन्नुभएको छ । अब स्वभाविक रुपले यसले अलिकति समय लिन्छ, त्यसको लागि म्याण्डेट दिनुहोला ।’


उहाँले सचिवालय बैठक बसेर बाँकी काम टुंगो लगाउने बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist