Latest
हिसान कास्कीमा दिवाकर जैसीको नेतृत्व
भद्रकालीमा विश्वकर्मा पूजा गर्नेहरुको भीड
Next
Prev

नेतृत्व तहलाई शक्ति बस्नेतको आग्रहः नराम्रा कामको पनि जिम्मेवारी लिऔँ

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्तिबहादुर बस्नेतले देश र जनताका लागि अझै धेरै कामहरु गर्न बाँकी रहेको बताउनुभएको छ ।


मंगलवार काठमाडौंमा स्व. प्रदीप गिरीको दोस्रो स्मृति दिवसको अवसर पारेर आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नागरिकका सबै अपेक्षा पूरा गर्न तत्काल नसके पनि जिम्मेवारी बोध गर्न बिर्सन नहुने बताउनु भयो । उहाँले राम्रा कामको श्रेय लिएझैँ असफल कामको जिम्मेवारी पनि नेतृत्व तहले लिन सक्नुपर्ने बताउनु भयो । उहाँले जनताका थुप्रै आवश्यकता, अपेक्षा र आकंक्षाहरु पूरा गर्न बाँकी रहेको भन्दै कतिपय अपेक्षा राजनीतिक नेतृत्वको सानो प्रयासले मात्रै सफल हुने किसिमका रहेको बताउनु भयो । उहाँले राम्रा कुराको जिम्मेवारी लिने र अप्रिय कामको जिम्मेवारी संविधानलाई बोकाउने कुरा समस्याको समाधान नभएको बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘हामी सबै आवश्यकताको परिपूर्ति गर्न नसकौँला, तर हामीले यो कुराको बोध, महशुस गर्नैपर्छ । आज जति राम्रा काम भएका छन् । ति सबै राम्रा कामहरुको श्रेय मुख्य राजनीतिक पार्टीहरुलाई, राजनीतिक पार्टीका अगुवाहरुलाई नै जान्छ । यो कुराहरुमा पनि हामीले कन्जुस्याँई गर्नु हुँदैन । यो कुरामा कुनै आग्रह राख्न जरुरी छैन । राम्रा कामहरुको श्रेय राम्रो काम गर्नेहरुलाई जान्छ नै । तर हामीले यो कुरा पनि स्वीकार गराँै, धेरै कामहरु गर्न बाँकी छ । जनताका थुप्रै आवश्यकता, अपेक्षा र आकंक्षाहरु जति पूरा हुनुपर्ने हो भएको छैन । कति कुराहरु समयक्रममा पूरा हुनेछन् । कतिपय अहिले हाम्रो प्रयासले अलि थप पहल हुँदा समाधान हुन्छन् । हामीले यि कुराको जिम्मेवारी लिन तयार हुनुपर्छ । राम्रा कुराको जिम्मेवारी हामीले लिने, अप्रिय कुराहरुको भारी संविधानलाई बोकाइदिने, अपुरो भएका कुराहरु अरु कुनै पक्षलाई बोकाइदिने समस्याको समाधान होइन । हामीले राजनीतिक प्रक्रिया उन्नत बनाएका छौँ ।’ 


उपमहासचिव बस्नेतले व्यवस्था बदलिए पनि समग्र आर्थिक, सामाजिक अवस्था बदलिन नसकेको बताउनु भयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist