पोखरा । स्याङ्जामा आज बिहान आगलागी भएको छ ।
जिल्लाको चापाकोट नगरपालिका वडा नं. ८ दामाचौरस्थित देवीलाल न्यौपानेको २ तले जस्ताको छानो भएको गोठमा आगलागी भएको हो ।
आज बिहान ८ बजे विद्युतको तार सर्ट भई आगोलागी हुँदा गोठ र एक सय भारी पराल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव निरीक्षक (डीएसपी) हरिप्रसाद पौडेलले जानकारी दिए ।
उनको अनुसार आगलागीबाट एक लाख २५ हजार रुपैयाँ बराबरको क्षति भएको छ ।






