• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखरा-३३ स्थित कालिका माविको ४२औँ वार्षिकोत्सव

नीतिप्रेस by नीतिप्रेस
January 21, 2025
in समाचार
0
पोखरा-३३ स्थित कालिका माविको ४२औँ वार्षिकोत्सव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा महानगरपालिका वडा नं ३३ आँपुभन्ज्याङस्थित कालिका माध्यमिक विद्यालयको ४२ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सोमबार सम्पन्न भएको छ ।

सो अवसरमा विद्यालयको हितमा भूमिका खेलेको भन्दै निवर्तमान प्रधानाध्यापक प्रेमप्रसाद पोखरेल, समाजसेवी धनबहादुर विश्वकर्मा र शिक्षिका सृजना महतलाई कालिका वर्ष सम्मान २०८१ प्रदान गरिएको थियो ।

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य भीम कार्कीले शिक्षा सुधारका लागि सबै पक्ष लाग्नुपर्नेमा जोड दिए । उनले आजका विद्यार्थीलाई माटो चिनाउन सकियो भने संसारका जुनसुकै कुनामा पुगे पनि देशलाई सम्झन सक्ने भनाइ राखे ।

प्रविधियुक्त शिक्षा दिनु आजको आवश्यकता भएकाले राष्ट्रिय शिक्षा नीतिमै त्यसको व्यवस्थापन हुनुपर्नेमा उनको जोड थियो ।

‘२०२८ को शिक्षा ऐनले आजको शिक्षालाई अघि बढाउन सक्दैन’, कार्कीले भने, ‘आज निजी तथा सामुदायिक विद्यालयलाई कसरी सञ्चालन गर्ने भन्ने कुरा स्पष्ट हुने तरिकाले शिक्षा ऐन आउनुपर्छ ।’

प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिको अध्यक्षले विद्यालय कसरी सञ्चालन गर्ने भन्ने चिन्ता गर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने कार्कीको भनाइ थियो ।

उनले विश्वमा प्रतिस्पर्धा गर्ने शिक्षाको कुरा गरिरहँदा नैतिक र सामाजिक शिक्षा भुल्न नहुने बताए । आफ्नो देशको माया गर्ने जनशक्ति उत्पादन गर्नुपर्ने आजको चुनौती भएको भन्दै कार्कीले नेपाली संस्कार र संस्कृतिप्रति प्रेम जगाउनुपर्ने धारणा राखे ।

विद्यालयका प्रधानाध्यापक रुपिन्द्र प्रभावीले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयले क्रमशः प्रविधिमैत्री सिकाइलाई अघि बढाइएको बताए । उनले आगामी दिनमा विद्यालयलाई पाठ्यपुस्तकको पढाइमात्र नभई विद्यार्थीको चौतर्फी प्रतिभा प्रस्फुटन गर्ने गरी शैक्षिक क्रियाकलाप सञ्चालन गरिने योजना सुनाए ।

कार्यक्रममा पोखरा-३३ का वडासदस्य विनोद भण्डारी, तिक्लाङ टोल विकास संस्थाका अध्यक्ष खिमबहादुर खत्री, शिक्षक अभिभावक सङ्घका सदस्य लोकनाथ पौडेल, पूर्व विद्यार्थी मञ्चका अध्यक्ष यदुराज आचार्य, सचिव दधिराम पौडेल, निवर्तमान प्रधानाध्यापक प्रेमप्रसाद पोखरेल, समाजसेवी मोहन प्रधान, टुकराज भण्डारीलगायतले बोलेका थिए ।

कार्यक्रममा शैक्षिक तथा खेलकुदका क्षेत्रमा उत्कृष्ट भएका विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो ।

सो अवसरमा विद्यालयद्वारा स्थापित अक्षयकोषका लागि फूलमाया श्रेष्ठ र हरिकुमार श्रेष्ठले २५ हजार पाँच सय ५५ रुपैयाँ, देवेन्द्र गुरुङले १० हजार रुपैयाँ, होमबहादुर श्रेष्ठ र लक्ष्मी श्रेष्ठले २५ हजार रुपैयाँ र सन्तोष भुजेलले १० हजार रुपैयाँ प्रदान गरेका थिए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष पुनको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थी कृतिका केसीले स्वागत, सञ्चालन सहायक प्रधानाध्यापक बालकुमारी थापाले गरेकी थिइन् ।

कार्यक्रममा विद्यार्थीले सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरेका थिए ।

Previous Post

घरको छतबाट खसेका सन्तोषको मृत्यु

Next Post

उच्च अदालतले माग्याे रवि लामिछानेसहितलाई धरौटीमा छाड्नुको आधार र कारण

Next Post
अदालतले मागेको धरौटी रकम बुझाएर रवि लामिछाने रिहा

उच्च अदालतले माग्याे रवि लामिछानेसहितलाई धरौटीमा छाड्नुको आधार र कारण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन