पोखरा । दाङमा घरको छतबाट खसेर एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं ७ नवलपुर का २७ वर्षीय सन्तोष चौधरी छन् ।
चौधरी सोमबार साँझ तुलसीपुर ४ वनहरिस्थित घरको दुई तला माथिको छतबाट खसेर गम्भीर घाइते भएका थिए ।
चौधरीलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनको शव पोस्टमार्टमका लागी प्रादेशिक अस्पतालको शवगृहमा राखिएको र घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।






