Latest
दशैँमा सुनसान बन्यो पोखरा,काठमाडौं
बडा दशैंमा पनि विदेशिनेहरु
भरत केसी द्वारा बडा दशैंको शुभकामना
Next
Prev
https://worldlink.com.np/ https://worldlink.com.np/ https://worldlink.com.np/
ADVERTISEMENT

नेपाल—दक्षिण कोरियाबीचको सम्बन्ध सहयोगपूर्णः सभामुख घिमिरे


सभामुख देवराज घिमिरेले नेपाल—दक्षिण कोरियाबीचको सम्बन्ध सहयोगपूर्ण रहेको बताउनुभएको छ ।


बुधवार काठमाडौंमा नेपाल—दक्षिण कोरियाबीच कुटनीतिक सम्बन्ध कायम भएको ५० औं वर्षगाँठको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले दुई देशबीच सन् १९७४ मा स्थापना भएको कुटनीतिक सम्बन्ध लामो समयदेखि मैत्रीपूर्ण, पारस्परिक, समान सहकार्यमा आधारित र विभिन्न क्षेत्रमा सहयोगपूर्ण रहेको उल्लेख गर्नुभयो । उहाँले नेपाल र कोरियाबीच भएका उच्चस्तरीय सरकारी भ्रमण, व्यापारिक तथा सांस्कृतिक आदानप्रदान र दुई पक्षिय सम्भmौताहरुले सम्बन्धलाई बलियो बनाएको बताउनु भयो । उहाँले दुवै देशले एशियाली क्षेत्रको शान्ति र समृद्धिमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको उल्लेख गर्नुभयो । उहाँले कोरिया सरकारले नेपाललाई विकास साझेदार मुलुकको प्राथमिक सूचिमा राखेर विभिन्न क्षेत्रहरुमा विकास, साझेदार कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्नुभयो । उहाँले दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत नेपाली युवाहरुलाई वैदेशिक रोजगारीमा अवसर प्रदान गरेको र नेपालमा रेमिट्यान्स आप्रवाहलाई थप बलियो बनाएको बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘दुई देशबीच सन् १९७४ मा स्थापना भएको कुटनीतिक सम्बन्ध लामो समयदेखि मैत्रीपूर्ण, पारस्परिक, समान सहकार्यमा आधारित र विभिन्न क्षेत्रमा सहयोगपूर्ण रहेको छ । नेपाल र कोरियाबीच भएका उच्चस्तरीय सरकारी भ्रमण, व्यापारिक तथा सांस्कृतिक आदानप्रदान र दुई पक्षिय सम्भmौताहरुले सम्बन्धलाई बलियो बनाएको महशुस गरेको छु । दुवै देशले एशियाली क्षेत्रको शान्ति र समृद्धिमा महत्वपूर्ण योगदान पु¥याउँदै आएका छन् । कोरिया सरकारले नेपाललाई विकास साझेदार मुलुकको प्राथमिक सूचिमा राखेर विभिन्न क्षेत्रहरुमा विकास, साझेदार कार्यक्रम सञ्चालन गर्दै आएको छ । दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत नेपाली युवाहरुलाई वैदेशिक रोजगारीमा अवसर प्रदान गरेको छ । यसले नेपालमा रेमिट्यान्स आप्रवाहलाई थप बलियो बनाएको छ ।’


सभामुख घिमिरेले नेपालमा वैदेशिक लगानीको वातावरणलाई विश्वसनीय बनाउन कोरियाली कम्पनीहरुको भुमिका स्मरणयोग्य रहेको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist