हिजबुल्लाहले लेबनानको राजधानी बेरुतमा सिरियाको बाथ पार्टीको कार्यालयलाई लक्षित गरी आईतवार इजरायली आक्रमणमा मारिएका पार्टीका मिडिया प्रमुख मोहम्मद अफिफप्रति शोक व्यक्त गरेको छ । रस अल–नाबा क्षेत्रमा इजरायली आक्रमणमा एक महिलासहित अन्य चार व्यक्तिको मृत्यु भएको छ । दुई बालबालिकासहित १४ जना घाइते भएका छन् । आईतवारको अर्को आक्रमणमा इजरायलले बेरुतको मार इलियास स्ट्रीटमा माडी परिवारसँग सम्बन्धित इलेक्ट्रोनिक स्टोरलाई निशाना बनाएको थियो । जसमा दुई जनाको मृत्यु भएको थियो र अन्य २२ जना घाइते भएका थिए ।