पाेखरा।
राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय उद्देश्य पूरा गर्न सबै एकजुट भएर अघि बढ्न आह्वान गर्नुभएको छ ।
मंगलवार शितल निवासमा माघे संक्रान्तिको अवसमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले यस्तो आह्वान गर्नुभएको हो । उहाँले परम्परागत रुपमा प्राचिन समयदेखि मनाइने साउने संक्रान्ति र माघी पर्वको विशेष महत्व रहेको बताउनु भयो । उहाँले साउने संक्रान्ति र माघे संक्रान्ति पर्व मात्र नभइ नेपालीहरुको जनजीवन रहेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘परम्परागत रुपमा प्राचिन समयदेखि मनाइने साउने संक्रान्ति र माघी पर्व मात्र नभएर नेपालीको जनजीवन हो । हाम्रो राष्ट्रिय उद्देश्य पूरा गर्न सबै एकजुट भएर अघि बढौँ भन्ने आह्वान गर्दछु । देशमा सुशासन र शान्ति स्थापना गर्नु नै राजनीतिक कर्मीहरुको दायित्व हो ।’
राष्ट्रपति पौडेलले देशमा सुशासन र शान्ति स्थापना गर्न जरुरी रहेको बताउनु भयो ।